
पोखरा –
सरकारी नियम पालना नगरेका कारण पोखराको भाटभटेनी डिपार्टमेन्ट स्टोरले लाखाँै भार बेहोर्नु परेको छ । भवन निर्माण गर्दा स्थानिय निकायवाट पु¥याउनुपर्ने प्रक्रिया नपु¥याएकाले दोब्बर तिर्नुपरेको हो ।
प्रक्रिया नपु¥याई बनाएको भन्दै पोखरा उपमहानगरपालिकाले पटकपटक ताकेता गरेपछि भाटभटेनीले झन्डै ७४ लाख रुपैयाँ बुझाएको छ ।
भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर चक्र लालचनले नगरपालिकालाई जरिवाना, बक्यौतासहितको रकम वुझाए । भाटभटेनीले नक्सापास तथा घरजग्गा करबापत मात्र ५८ लाख रुपैयाँ नगरपालिकामा दाखिला गरिएको छ । यस्तै समयमै निर्माण सम्पन्नताको प्रमाणपत्र नलिएका कारण १४ लाख ३० हजार रुपैया र २ वर्षको एकिकृत करवापत १ लाख ६० हजार रुपैयाँ बुझाएको हो ।
नगरपालिकाबाट नक्सापासको प्रक्रिया समेत पुरा नगरी भाटभटेनीले भवन निर्माण गरेको आजको समाधान राष्ट्रिय दैनिकमा समाचार छ ।





