पोखरामा मंसिर ९ देखि १५ सम्म दोस्रो सस्तो व्यापार मेला हुने

पोखरा-
पोखरा पृथ्वीचोक वसपार्कमा रहेको बास्तोला कम्प्लेक्समा करीब डेढ महिनामा पुनः महोत्व हुने भएको छ ।

कम्प्लेक्स शुभारम्भ एवं दसैंको अवसर पारेर पहिलो सस्तो व्यपार मेला एवं लोक दोहरी धमाका असोज १८ देखि २२ गतेसम्म सम्पन्न भएको डेढ महिनामै यही मंसिर ९ देखि १५ गतेसम्म पुनः महोत्वन हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो ।

bastola-complex

करीब ३ करोड लागतमा पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्समा हालै निर्माण गरीएको कम्प्लेक्समा ३ सय २० सटर छन् । व्यापार प्रवद्र्धन गर्न पनि आफुहरुले छिटो छिटो महोत्सव आयोजना गरेको मेलाका संयोजक माधव बास्तोलाल बताए । फागुन तथा चैतमा पुनः तेश्रो महोत्व हुने समेत बताउदै उनले बजारमा धेरै प्रतिष्प्रर्धा भएकोले आफुहरुले आम उपभोक्ताहरुलाई सस्तोमा दैनिक उपभोग्य बस्तुहरु उपलब्ध गराउने उद्धेश्य सहित महोत्सव आयोजना गरेको उनले जनाए ।

संस्कृतिको माध्यमबाट पोखराको समग्र विकासलाई ध्यान दिँदै यस क्षेत्रका विपन्न निम्न आय भएका र नव उद्यमशील उद्यमीहरुको आर्थिक वृद्धि तथा समृद्धिको लागि उत्कृष्ट बजार स्थापित गर्न कम्प्लेक्समा मेला आयोजना गरिएको वास्तोलाले बताए ।

मेलाको आकर्षणमा मेलामा लोक दोहोरी धमाका, नवप्रतिभाको खोजी अभियान अन्तर्गत खुल्ला नृत्य प्रतियोगिता (प्रदेश तारा), विश्वका विभिन्न ठाउँमा पाइने सबै प्रकारका कुकुरको प्रदर्शनी, हिरादेखि जिरासम्म र नुनदेखि सुन सम्मका सम्पूर्ण सामान एकै थलोमा पाइने र कृषि प्रदर्शनी छ । प्रदेश तारामा प्रथम हुनेलाई नगद ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार र सान्त्वना पुरस्कार दुई जनलाई ५÷५ हजारका दरले प्रदान गरिने छ । लोक दोहोरी धमाकामा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, पशुपति शर्मा, राजु परियार, जानकी तारामीमगरका साथै कास्की र गण्डकी चर्चित गायक गायिकाहरुको प्रस्तुति रहनेछ । करिब १२ लाख खर्च लाग्ने मेलामा साढे तीन करोड कारोबार हुने अपेक्षा गरिएको छ । १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

बास्तोलाका अनुसार विभिन्न जिल्लाहरुमा उत्पादित वस्तुको प्रवद्र्धनका साथै एकै थलोमा वस्तुको पहिचान र सेवालाई उपभोक्ता सम्म पु¥याउने, कम्प्लेक्स भित्रको व्यवसायको प्रवद्र्धन, साहित्य कला र संस्कृतिको प्रचारप्रसारका साथै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य मेलाको छ । साथै मेलामा स्थानीय तथा घरेलु सामग्रीहरुको प्रचारप्रसार तथा प्रवद्र्धन र कृषि तथा उत्पादित वस्तुको बजारीकरणमा मेलाले सहयोग पु¥याउने उनले बताए ।

अपडेट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button