पोखराका आधाभन्दा वढि व्यवसायी करको दायारा भन्दा वाहिर

पोखरा –
पोखराका आधाभन्दा वढि व्यवसायीहरु करको दायारामा नआएको पाईएको छ । पोखरामा करिव ४३ हजार व्यवसायी रहेकोमा १५ हजार व्यवसायीले मात्र कर तिर्ने गरेका छन ।

पांचौ राष्ट्रिय कर दिवस २०७३ का अवसरमा पोखरा उद्योग वाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय पोखराले आयोजना गरेको करदाता शिक्षा तथा अन्र्तक्रिया कार्यक्रममा वोल्दे वक्ताहरुले त्यस्ता व्यवसायीलाई करको दायारामा ल्याउनु पर्ने बताएका छन ।

कार्यक्रममा प्रमुख कर अधिकृत लेखनाथ शर्माले राजश्व निति निर्माण, करको दायरा र राजश्व संकलन लाई कार्यान्वयनमा ल्याउन पोखरा उद्योग वाणिज्य संघ जस्तै अन्य सम्वन्धित निकायको सहकार्य समन्वयमा मात्र कर कार्यालयले उत्कृष्ठ काम गरेर देखाउन सक्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button