पोखरा –
पोखराको फेवाताल किनारमा रोपिएका लालुपाते फूलप्रति पर्यटकहरु आकर्षित भएका छन ।
रोपेको दिन देखिनै फेवाताल किनारमा रोपिएका फूलहरु हेर्न र फोटो खिचाउन आन्तरिक तथा बाह्य दुवै पर्यटक को भिड लाग्न थालेको छ ।फेवाताल किनारामा गत सोमबार मात्रै लालुपातेका १ सय २० विरुवा रोपिएको हो । सामुदायिक सेवा केन्द्र बैदाम र डेनियल संस्थाको सहयोगमा लालुपातेका विरुवा रोपिएको हो ।
फेवाताल र माछापुच्छ्रेले लोभ्याउने पर्यटकलाइ रातै फुलेका लालुपातेले झन मोहनि नै लगाइदिएको छ ।