पोखरा-
कास्कीको चापाकोट गाविसको बामदी क्षेत्रमा एबिया क्लवको पुतली जहाज (अल्ट्रालाइट) दुर्घटनामा हुदा पाईलटको मृत्यू भएको छ ।
सोहि अल्ट्रालाईटमा सवार क्यानेडियन नागरिक जीलेन मेरी भोल्कर भाग्यले गर्दा वाच्न सफल भएकी छन । कास्की चापाकोट ६, वाम्दीबाट ह्याण्डग्लाईडरलाई उडाउने क्रममा एक्कासी अल्ट्रालाइट दुर्घटना हुदा एभिया क्लवका पाईलट रसियन नागरीक अलेक्जेण्डर म्याक्सिमभको उपचारकै क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । घाईते यात्रुको सामान्य चोट लागेको अस्पताल स्रोतले बताएको छ । अस्पताल स्रोतका अनुसार उनि खतरा मुक्त छन् ।

रन वे को करीब ५० मिटर माथि आकासमा अल्ट्रालाइट उडे पछि ह्याण्ड ग्लाईडरलाई आकासमा उडाउन खोज्दा एकाएक अल्ट्रालाईटको डोरी फुत्केर वा चुडियर अल्ट्रालाइट अनियन्त्रीत हुदा जमिनमा बजारीन पुगेको स्थानीयले बताएका छन । उक्त डोरी केहिले चुडिएको प्रतिकृया दिएका छन भने केहिले डोरी फुत्केको समेत भनेका छन । एभिया क्लवका पाईलट रसियन नागरीक अलेक्जेण्डर म्याक्सिमभले विगत चौध बर्ष देखि अल्ट्रालाइटको उडान गर्दै आएको र उनि एक बरिष्ठ प्रशिक्षक समेत रहेको बताइन्छ । कुशल पाइलट तथा प्रशिक्षक हुदा हुदै पनि के कारणले यो घटना घट्यो भन्ने कुरा यकिन भैसकेको छैन ।
बुधबार बिहान करीब १० बजे एभिया क्लवकै प्रशिक्षण गर्ने मैदानबाट अल्ट्रालाइटले ह्याण्ड ग्लाइडरलाई आकासमा उडाउने क्रममा डोरी फुत्कदा अल्ट्रालाईट आकासमा अनियन्त्रीत भई रन वे देखि करीब २ सय मिटर टाडाको बगर क्षेत्रमा बजारीन पुगेको स्थानीयलाई उद्धित गर्दै वडा प्रहरी कार्यालयका बैदामका प्रहरी निरिक्षक मोहनमणि अधिकारीले बताए । ह्याण्डग्लाडरमा सवार दुबै जना भने रन वेबाट अल्ट्रालाईट आकासमा उड्दै गर्दा डोरी फुत्केकोले दुर्घटनाबाट वच्न सफल भए । दुर्घटना पश्चात स्थानीय वासि र क्लवका पदाधिकारीहरुले उनीहरुको उपचारको लागि पोखराको गण्डकी मेडिकल कलेजमा ल्याएका हुन । पाइलटको शव हाल मणिपाल शिक्षण अस्पतालमा राखिएको छ भने घाईते यात्रुको गण्डकी मेडिकल कलेजमा उपचार पछि लेकसाईडको सिविक हस्पिटलमा लगिएको छ ।
उक्त घटनाको बारेमा नागरीक उडड्यन प्राधिकरण क्यानको प्राविधिक दुई सदस्य टोली पोखरामा आएर अध्ययन गर्न लागेको पोखरा नागरीक उडड्य कार्यालय पोखराका निर्देशक भोला प्रसाद गुरागाईले बताए । क्यानका बरिष्ठ क्याप्टेन बि एम अमात्य र भरत पराजुलीले दुर्घटना भएको स्थानमा पुगेर अध्ययन गरेका छन । यस दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन छिट्टै छानविन समिति समेत गठन हुने भएको गुरागाईले जनाए । उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता गजुसिद्धी बज्रचार्यले पोखरान्युजडटकम लाइ बताए ।
यस अघि करीब ३ बर्ष अघि एभिया क्लवको टुवीन जहाज पोखरा २५ पुम्दी भुम्दीमा दुर्घटना हुदा पाईलट स्टेफन श्रेष्ठ सहित एक पर्यटकको मृत्यु भएको थियो ।





