
पोखरा –
पोखराको तेर्सापट्टीमा आज दिउँसो ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
पालिखेचोकबाट नालाको मुख तर्फ जादै गरेको ट्रकले विपरित दिशाबाट आउदै गरेको ईलेक्ट्रिक स्कुटरलाई ठक्कर दिदा पोखरा २६ सराङकोटका ४० वर्षिय नारन सुवेदीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
उनको शब पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । ठक्कर दिने ग १ क ७७२ नम्बरको मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





