पोखरामा फेसवुककै सुचनाबाट ईमर्जेन्सी रक्तदान, ज्यान बचाउने दाता यी हुन

पोखरा –

पोखरा नदिपुरका एक जना युवाले फेसवुकमा रगत आवश्यक भएको सुचना पाउन साथ ईमर्जेन्सी रक्तदान गरेका छन ।

upendra-poudel-blood-donnerपोखराकी एक बृद्ध आमालाई तत्काल एबी पोजेटिभ रगत आवश्यक परेको छ भनी  फेसवुकमा राखिएको सुचनाको आधारमा ¥याण्डम रिडर्स सोसाईटीका अध्यक्ष समेत रहेका पोखरा नदीपुरका युवा उपेन्द्र पौडेलले ईमर्जेन्सी रक्तदान गरेका हुन् । पोखरान्युजडटकमका दिननाथ बरालले पोखरान्युजडटकमको खबरसाइट, फेसबुक तथा आफ्नो व्यक्तिगत फेसबुक प्रोफाइलमा उक्त सूचना सम्प्रेषण गरेका हुन ।

पोखरा नयाँबजारकी ६२ बर्षीया कमला कुमारी मर्सानीको शरीरमा सेतो रगत विहिबार दिउसो तत्काल आवश्यक भएकोले एबी पोजेटिभ रगत पौडेलले दान गरेका हुन । विहिबार १ बजे भित्र पोखरा पृथ्बीचोकमा रहेको अभियान सामुदायिक अस्पतालमा उनको लागि रगत आवश्यक परेको चिकित्सकले बताएका थिए । पौडेल सहित अर्का दानविर संजय शाहले समेत अस्पतालमै पुगेर रक्तदान गरेको आकास्मिक रक्तदान युनिटका व्याबस्थापक हरिश्चन्द्र शर्माले बताए । मर्सानी परिवारले बृद्ध आमालाई मृत्युको मुखबाट तत्काल रक्तदान गरी ज्यान बचाएकोमा रक्तदान गर्नेहरुलाइ हार्दिक आभार समेत व्यक्त गरेका छन ।

आकास्मिक रक्तदान युनिटका व्याबस्थापक शर्माले मणिपालमा उपचार भईरहेकी २१ बर्षीया एक युवतीको लागि एबी नेगेटिभ रगतको समेत आवश्यक भएकोले विभिन्न दाताहरुबाट समन्वय गरी रगतको जोहो गरेको बताए । रगतको सप्स्टिच्युटमा हाल सम्म कुनै औषधिहरु उपलब्ध नभएकोले रगत आवश्यक पर्दा मानिसकै रगतै दिनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button