एक करोड आम्दनी गर्ने लक्ष्यसाथ सातौ पोखरा महोत्सव

पोखरा – 

पोखरामा आगामी पुस २९ देखि माघ १० गतेसम्म पोखरा महोत्सव हुने भएको छ । युनाइटेड क्लवको आयोजनामा पोखराको अमरसिंह चौरमा सातौ संस्करणको उक्त महोत्सब हुने जानकारी बिहिवार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत दिइएको हो ।

pokhara-festival-2073

नेपाल शालिमार सिमेन्टले यसपाली पनि पोखरा महोत्सवलाई मुख्य प्रायोजकको रुपमा साथ दिने भएको छ । पांचौ संस्करणको पोखरा महोत्सवदेखि साथ दिदै आएको शालिमार सिमेन्टले छैठौ हुदै सातौ महोत्सवमा पनि निरन्तर साथ दिने भएको हो कार्यक्रममा शुभकामना मन्तब्य राख्दै शालिमार सिमेन्टका गण्डकी धौलागिरी बिक्रेता समेत रहेका सिजी हार्डवेयर पोखराका सञ्चालक दिनेश प्रसाद चौधरीले महोत्सवलाइ शालिमार सिमेन्टले मुख्य प्रायोजन गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा चौधरीले महोत्सवलाइ सहप्रायोजन पोखराको रत्नचोकमा रहेको सिजी ग्रुपले गर्ने उदघोष समेत गरे । चौधरी रत्नचोकमा रहेको सिजी ग्रुपका व्यबस्थापक समेत हुन ।

पोखरा महोत्सवलाई भब्य र सभ्य ढंगले सम्पन्न गर्नका लागी तयारी द्रुत गतीमा भइरहेको क्लवका महासचिव तथा महोत्सवका प्रचारप्रसार उपसमिती संयोजक राजु श्रेष्ठले जानकारी दिए । शिक्षा, स्वास्थ्य तथा खेलकुद जस्ता क्षेत्रमा क्लबले योगदान गर्दै आएको र पछिल्लो समय पोखरामा चिडियाखाना निर्माण संगै सेती नदी संरक्षणमा पहलकदमी गर्दै आएको श्रेष्ठले बताए । महोत्सवमा २ सय भन्दा वढी स्टलहरु रहने र बुकिंग समेत खुला भइसकेको उनले बताए । सर्वसाधारणलाई ८० र विद्यार्थीलाई ५० रुपैया टिकटदर कायम गरिएको महोत्सवमा १ करोड ५ लाख आम्दानी र ६७ लाख खर्च गरि ३८ लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ । महोत्सवमा प्रवेशका लागी महोत्सवबाट हुने आम्दानीवाट लेखनाथमा निर्माणाधिन अवस्थामा रहेको चिडियाखानाका लागी २० प्रतिशत, शिक्षामा २० प्रतिशत स्वास्थ्यमा २० प्रतिशत र खेलकुदमा २० प्रतिशत रकम छुट्याइने समेत उनले जानकारी दिए । बिगतका बर्षमा जस्तै यस वर्ष पनि सेती नदी संरक्षणका लागी प्रति टिकट एक रुपैया छुट्याइने भएको छ ।

महोत्सवमा विभिन्न ख्याती प्राप्त कलाकारहरुद्धारा प्रस्तुती, लाइभ कन्सर्ट, विभिन्न जातजातिको झाकी प्रदर्शनी, वाल उद्यान, अटो, हस्तकला प्रदर्शनी लगायत विभिन्न मनोरन्जनात्मक गतिबिधीको आयोजना गरिने छ । महोत्सवमा हस्तकला, अटो, नर्सरी, तयारी पोशाक, चमेना गृह, पर्यटन प्रवद्र्धन सम्बन्धी गरि २ सय वढी स्टल रहने र स्टल बुकिङ खुल्ला भएको क्लवका सहकोषाध्यक्ष तथा महोत्सवका स्टल ब्यवस्थापन उपसमितीका संयोजक कृष्ण बहादुर थापा मगरले वताए ।

महोत्सवलाइ सफल बनाउनका लागी विभिन्न उपसमितीहरु निर्माण भइसकेको र तिनले द्रुत गतिमा काम गरिरहेको महोत्सवका संयोजक तथा युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले वताए । कार्यक्रममा महोत्सवका कार्य सम्पादन उपसमिती संयोजक तथा चिडियाखाना निर्माण समितीका अध्यक्ष हिमालय बख्रेलले क्लवले पोखरामा चिडियाखाना निर्माणमा पहलकदमी गर्दै आएको र चिडियाखानालाइ बजेटमै समाबेश गर्न लागिपरेको जानकारी दिए ।

कार्यक्रममा क्लवका उपाध्यक्ष लालकाजी गुरुङ, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली लगाएतले मन्तब्य राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button