लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

पोखरा-
घर शान्ति नै विश्व शान्तिको आधार,दिगो विकासका लागि लैंगिक हिंसारहित समाज’ भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विविध कार्यक्रम गरी मनाइने भएको छ ।

लैंगिक हिंसामा परकाको े मनोबल बढाउन, हिंसाका घटनालाई सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउन दबबा दिन मंसिर १० देखि २५ गते सम्म अर्थात नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म अभियान सञ्चालन गर्न लागिएको हो अभियान अन्तर्गत मूल समारोह समिति कास्की र महिला तथा बालबालिका कार्यालय कास्कीको आयोजनामा शुक्रबार सचेतना ¥याली निकालिने प्रमुख महिला विकास अधिकृत लक्ष्मीदेवी जिसीले जानकारी दिइन् ।

उनले जिल्ला विकास समिति, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यलय कास्की, राष्ट्रिय मानव अधिकार आयोग लगायत समाजिक संघ संस्थासंगको समन्वयमा ग्रामीण तहसम्म रचनात्मक कार्यक्रम गरिने बताइन् ।

लंैगिक हिंसा विरुद्धको अभियान अन्तर्गत बिहीबार नागरिक समाज र संचारकर्मीहरुसँगको कार्यक्रममा जिसीले लैगिक हिंसा मानवीय नभई दानवीय व्यवहार भएको बताइन् । ‘लंैगिक हिंसा मानव सभ्यता विरुद्धको अपराध हो,’ उनले भनिन्,‘ कुनै प्रकारको हिंसा सभ्यता माथीको प्रश्न चिन्ह हो, सेतो कपडामा लागेको कालो दाग जस्तै हो ।’ उनले हिंसा समाजमा लुकेको घटना भएकोले अभियान मार्फत बाहिर ल्याउन पर्ने धारणा राखिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button