
पोखरा –
कृषि उत्पादनलाई बजार दिन र किसानलाई प्रोत्साहन गर्न पहिलो भीमाद महोत्सव शुक्रबारदेखि सुरु भएको छ । तनहुँको पुरानो बजारमध्येको भीमाद बजारमा सुरु महोत्सवको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्माले उद्घाटन गरे । महोत्सव १९ गतेसम्म चल्नेछ । पहिलो पटक भएको भीमाद महो त्सवले स्थानीयमा उत्साह थपेको छ ।
विभिन्न जातजातिका भेषभूषासहितको झाँकी, बाजागाजा, कृषि उत्पादन तथा सामाग्री र नृत्यसहित भीमाद बजार परिक्रमा गरी महोत्सवको उद्घाटन गरि एको हो । कृषि उत्पादन, संस्कृति र अन्य व्यवसायलाई प्रवद्र्धन र प्रोत्साहन गर्नका लागि पहिलो पटक तनहुँ उद्योग वाणिज्य संघ भीमाद बजार इकाइले महोत्सव आयोजना गरेको हो ।
महोत्सवमा मास, बोडी, पिडालु, सुन्तला,अदुवा लगायत त्यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुको बिक्री र प्रचारप्रसार भइरहेको छ । कृषि प्रदर्शनी र प्रचारका लागि कुनै पनि शुल्क नलिइएको महो त्सवका निर्देशक हस्तबहादुर खड्काले जानकारी दिए ।
भिमाद आसपासको क्षेत्र अदुवा उत्पादन हुने प्रमुख ठाउँ हो । भिमाद बजारबाट मात्रै ८÷९ सय टन अदुवा उत्पादन हुने गरेको छ । स्थानीय कला संस्कृति, धार्किक एवं ऐतिहासिक, पर्यटकीय क्षेत्रको पहिचान झल्काउन महोत्सवले मञ्च प्रदान गरेको महोत्सव संयोजक भीमसिंह थापाले जानकारी दिए । विभिन्न जातजातिका सांस्कृतिक नृत्य तथा झाँकीले महोत्सवलाई मौलिकता प्रदान गर्ने थापाले विश्वास व्यक्त गरे ।
औद्योगिक तथा अटोमो बाइलको प्रदर्शनी तथा खरिद बिक्री, विभिन्न जातजातिका खानाका परिकार, विभिन्न पर्यटकीय तथा ऐतिहासिक ठाउँको भ्रमण तथा अवलोकन, हस्तकला प्रदर्शनी, विभिन्न कलाकारका सांगीतिक कार्यक्रमको आकर्षण छन् । भानुमति–८ मा रहेको धन्दुर को सिद्धगुफा, चमेरे गुफाको अवलोकन, माझकोट–९ मिर्छुलुङको होम स्टे,भीमाद–२ को स्थानीय कालिगडद्वारा निर्मित पुरातात्विक फलामे साङ्ले पूल, शिव पञ्चालन मन्दिरलाई महोत्सवलेप्रवद्र्धन र प्रचारमा सहयोग गर्ने प्रचार प्रसार संयोजक दयानिधि पौडेललेजानकारी दिए ।





