पोखरामा बिना लाइसेन्स मापसे गरी जिप चलाउदा दुर्घटना, २ को मृत्यु १२ घाइते

पोखरा-

पोखराको दोविल्लामा  जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । दोविल्लाबाट नयाबजार  तर्फ आउदै  गरेको ग १ च ४५८९ नम्बरको जिप  दुर्घटना हुदा एक वालिका सहित दुई जनाको मृत्यु भएको छ ।

नयाँबजार आउदै गरेको जिप दोविल्ला क्षेत्रकै नालीमा पल्टीएको हो ।   तिव्र गतिका कारणले गर्दा जिप दुर्घटनामा पर्दा दुई जनाको ज्यान जानुका साथै १२ जना घाइते भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक मोहनमणि अधिकारीले बताए । मुत्यु हुनेहरुमा भारत घर भई हाल पोखरा महेन्द्रपुल बस्दै आएकी १४ बर्षिया लिसा महत्रा र रौतहट खटुवाका २० बर्षीय अरविन्द्र चौधरी रहेको कास्की प्रहरीले जनाएको छ ।

गाडी चालक रुपन्देहीका भोला भारती प्रहरीको नियन्त्रणमा छन् । तिव्र गतिका कारण तथा माधक पदार्थ समेत सेवन गरी जिप चलायका कारण दुर्घटना भएको स्थानीयले बताएका छन । प्रारम्भीक अनुसन्धानमा उनीसंग लाइसेन्स समेत नभएको तथा मापसे समेत गरेको बुझिएको छ । घाइतेहरुकोे नमस्ते हस्पिटल र फेवासिटी हस्पिटलमा उपचार भैरहेको छ ।

चालकलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button