पोखरामा हुने राष्ट्रिय औधोगिक व्यापार मेलामा पर्यटकलाई ५ देखि २५ प्रतिशत सम्म छुट

पोखरा-

पोखरामा यही मंसिर २३ गते देखि संचालन हुने राष्ट्रिय औद्योगिक व्यापार मेला २०७३ को तयारी अन्तिम चरणमा पुगेको छ । ‘लगानीको सम्बर्धन, उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मुल नाराका साथ  पुसको ४ गतेसम्म पोखराको नयाँबजारमा रहेको प्रदर्शनीस्थलमा उक्त मेला आयोजना हुदैछ ।

byapar-melaआयोजक पोखरा उद्योग वाणिज्य संघले आइतबार पोखरामा पत्रकार सम्मेलन मार्फत मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । उक्त मेलामा हालसम्म ६० प्रतिशत स्टलहरु बुकिङ भएको संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए । मेलामा अत्याधुनिक डोममा निर्मित बिषेश प्रकारका ७८ वटा स्टल सहित, २ सय ९५ वटा विभिन्न व्यापारीक स्टलहरु रहने उक्त मेलामा हालसम्म करीब ६० प्रतिशत जसो स्टलहरु बुकिङ भएको मेलामा १३ वटा रेष्टुरेण्ट, ५३ वटा अटो, मेड ईन नेपालमा १०, कृषि र हस्तकलामा २५, फ्लोरिकन्चरमा ४ र १ सय २६ वटा साधारण स्टलहरु रहने भएको पालिखेले जनाए । मेला पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन सहित कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उदेश्यले राखिएको अध्यक्ष पालिखेले बताए । अर्घाखाँची सिमेण्टको मुख्य प्रायोजन, एनआइसी एसिया बैंकको सह प्रायोजन एवं नेपाल पर्यटन बोर्डको र राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा उक्त मेला आयोजना हुने भएको हो ।

नेपाल सरकारले २०७३ लाई घुमफिर वर्ष घोषणा गरेको सन्दर्भमा पोखराको पर्यटन प्रवद्र्धन गर्ने गरी महोत्सवले पर्यटकलाई विशेष प्याकेज कार्यक्रम समेत ल्याउने भएको अध्यक्ष पालिखेले बताए । मेलाको अवसरमा आउने आन्तरिक पाहुनालाई लक्षित गरी पोखरा लेकसाईडका होटलको आवासमा २५ प्रतिशत छुट तथा रेष्टुरेण्टमा ५ प्रतिशत र टुर्समा १५ प्रतिशत छुट हुने व्यवस्था  मिलाएको अध्यक्ष पालिखेले बताए । पश्चिमाञ्चल होटल संघसँगको सहकार्यमा आवासमा, रेवान पोखराको सहकार्यमा रेष्टुरेण्टको खानामा र पर्यटक गाडीहरुको सवारमा नाट्टा क्षेत्रिय संघ पश्चिमाञ्चल पोखरासंगको सहकार्यमा छुटको व्यवस्था गरिएको पालिखेले जनाए । एक दिन नेपाली मेला र महोत्सवको बारेमा विदेशी पर्यटकहरुलाई जानकारी गराउने गरी नेपाली मौलिक कला संस्कृति सहित झाकीको साथमा पर्यटकहरुलाई महोत्सव स्थल सम्म लैजाने पहल समेत भएको उनले जनाए ।

मेला आयोजनाबाट बचत भएको रकम पोखरा प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता प्रदान गरी खर्च गरिने र विगतका वर्षहरुमा थालिएको सामाजिक कार्यलाई निरन्तरता दिइने संघका महासचिव दामु अधिकारीले बताए । मेलामा पिसिसिआई गायन तारा–२०७३, लोकदोहोरी , फेसन सो, बडि बिल्डिङ, अन्तर्राष्ट्रियस्तरका रेस्लरहरुको रेस्लिङ प्रदर्शन, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता,स्थापित हाँस्य कलाकारहरुको मनोरञ्जनात्मक कार्यक्रमहरु समेत समावेश गरिएका छन् । यो पटकको मेलामा समावेश गरिएको पिसिसिआई गायन तारामा प्रथम हुनेले १ लाख र द्धितीय हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button