पोखरा जेसीजको अध्यक्षमा कोईराला सर्वसम्मत

पोखरा-

युवाको नेतृत्व तथा क्षमता विकासमा क्रियाशील चार दशक पुरानो संस्था पोखरा जेसीजको सन् २०१७ को अध्यक्षमा शिव कोईराला सर्वसम्मत चयन भएका छन् ।

विभिन्न क्षेत्रका १८ देखि ४० वर्ष उमेर समूहका डेढ सय युवा सदस्य रहेको पोखरा जेसीजको शनिबार अबेर सम्पन्न ३७ औं अधिवेशन तथा ४२ औं वार्षिक साधारणसभाले कोईरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

यस्तै, कार्यकारिणी उपाध्यक्षमा शिवप्रसाद सापकोटा सर्वसम्मत चुनिए भने उपाध्यक्षहरुमा प्रकाश घिमिरे, भाईराज रानामगर, शक्ति बरुवाल र बसन्त रेग्मी निर्विरोध चयन भएका छन् । चार निर्देशकहरुमा कुशल पौडेल, शिवराम अधिकारी, शिव केसी र सन्देश पराजुली सर्वसम्मत चुनिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button