पोखरा –
कास्कीको लेखनाथमा सोमबार (आज ) विहानको भुकम्पले पहिल्यै चर्कीएर जिर्ण बनेको घरका केहि ढुंगा खसेका छन ।
विगत ७ , ८ बर्ष देखि वसोवास गर्न छाडेको लेखनाथ ४ जलधरेमा रहेको रुद्रमोहन भट्टराईको उक्त घरका केही ढुंगा बिहानको भुइचालोले खसालेको हो । गत बर्ष वैशाख १२ गतेको विनाशकारी भुकम्पले चर्काएको उक्त घरको पश्चिम पट्टिका केहि ढुंगाहरु खसेको स्थानीय तथा रुद्र मोहनका भाइ शैलेन्द्र मोहन भट्टराईले पोखरान्युजडटकम लाइ बताए ।
“रुद्रमोहनका दाजुभाईहरु कोहि पोखरा र कोहि विदेश वस्दै आएका छन, पुरानो घरमा उनीहरु व्स्न छाडेकै ७, ८ बर्ष भयो, गत बर्षको भुकम्पले चर्चीएको घरमा आजको भुकम्पले गर्दा केहि ढुंगा मात्र खसेका हुन, केहि संचारमाध्यमहरुमा आएको समाचार बढी हल्ला भएको हो । ” शैलेन्द्र भने । पुरानो पहिल्यै चर्केको घरमा भूकम्पको धक्काले केही ढुंगा खस्नु स्वभाविक हो, अनाबश्यक हल्ला गरी मानिसमा भयको सिर्जना नगरौ ,उनले थपे ।
सोमबार विहान ५ बजेर २० मिनेटमा गएको ५.६ रेक्टर स्केलको भुकम्पले भट्टराईको पुरानो घरका केहि ढुंगा खसेको र त्यो सामान्य भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी गजुसिदी बज्रचार्यले पोखरान्युजडटकम लाइ बताए ।





