पोखरा-
पोखरा १० वुद्ध चोक स्थित सोसियल पव्लिक स्कुलको स्र्पोट्स मिट सोमबार वाट सुरु भएको छ । करिव ८ सय भन्दा वढी विद्यार्थी अध्ययन गर्ने सो विद्यालयका करिव ५ सय विद्यार्थीहरुले खेलकुदमा सहभागीता जनाएको विद्यालयका प्रिन्सिपल खिम गुरुङ्गले जानकारी दिए ।
स्पोर्टस मिट अन्र्तगत जुनियर तथा सिनियर फुटवल, ह्याण्डबल, टेवल टेनिस एवम ट्रयाक एण्ड फिल्ड अन्तर्गत एथलेटिक्सका सम्पुर्ण खेलहरु आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुले ३ सय मेडलका लागि प्रतिष्पर्धा गर्नेछन ।
पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशव पाठकले उद्घाटन गरेका थिए । प्रतियोगिता १७ गते सम्म संचालन हुनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution