सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्दै पुष १३ देखि पोखरा सडक महोत्सव

  • पोखरा न्यूज
  • २०७३ मंसिर १३
Post Thumbnail

पर्यटक लाइ बढी भन्दा बढी मनोरन्जन दिलाउन सांस्कृतिक कार्यक्रममा  जोड दिईने,

गणेश बराल (डीएमबी)

पोखरा

“सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ” भन्ने मूल नारा बोकेको पोखरा सडक महोत्सव आउदो पुष १३ देखि १७ गते सम्म हुने भएको छ । १८ औं संस्करणको उक्त महोत्सव आफ्नो नियमीत समयमा पोखराको लेकसाइडमा संचालन हुने भएको हो ।

reban-street-festival

हरेक बर्ष अंग्रेजी नयाँ बर्षको अवसरमा रेष्टुरेण्ट एण्ड वार एशोशियशन (रेवान ) पोखराको आयोजनामा संचालन हुने महोत्सव यस पाली अझ बढी परिस्कृत र भरपुर मनोरञ्जन दिलाउने लक्ष्यका साथ आयोजना गर्न लागिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जाकनारी गराइएको हो । पाँच दिनसम्म चल्ने उक्त महोत्सवमा पर्यटकहरुलाइ मनोरन्जन दिनकै लागी भनेर यसपाली सडकमा पनि बढी भन्दा बढी सांस्कृतिक कार्यक्रमहरु गरीने महोत्सव संयोजक गोपी बहादुर भट्टराईले जानकारी दिए । लेकसाइडको ३.५ किलोमिटर क्षेत्रमा संचालन हुने सो महोत्सबको सडक क्षेत्र क्रिसमस साझ देखिनै सजावट गरी झकिझकाउ पारिने पनि भटराईले बताए । महोत्सबको अवसरमा विभिन्न देशको खानाका परिकारहरु संगै नेपाली कला संस्कृतिको साथमा चिन, भारत लगायत अन्य मुलुकका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरीने उनले बताए। अंग्रेजी नयाँ बर्षमा धेरै व्यवसायीहरु विदेश जाने गरेको र नेपालमा आएका पर्यटक पनि स्वदेश फर्किने गरेको अवस्था सम्झिदै भट्टराईले सम्पूर्ण पोखरेली तथा नेपाली दाजुभाई दिदीबहिनीको सहयोगले सडक महोत्सवले आन्तरीक तथा बाह्यि पर्यटकहरुलाई पोखरामा तानेको बताए ।

पोखरा लेकसाईड क्षेत्रमा अहिले १४ वटा सीसी क्यामरा र ९९ वटै सोलार बत्ति पूर्ण रुपमा संचालनमा रहेको जनाउदै भटराईले सुरक्षाको बिषयमा स्थानीय स्तरमा सबै संग छलफल गरी सम्बन्धित निकाय संग कुरा भैसकेकोले ढुक्क हुन् आग्रह गरे । वसुन्धरा पार्क, कोमागाने पार्क र क्याम्पीङचोक जस्ता सार्वजनीक हितका सवालमा आफुहरु सजक रहेको र तिनको सम्बर्धनमा सदैब लागिपर्ने बताउदै उनले सबैसंगको छलफल पछी कुनै एक स्थानमा महोत्सब आयोजना गरीने बताए । महोत्सवको अवसरमा पर्यटनका विभिन्न गतिविधिमा सरोकारवालाहरु संगको छलफल पछी विभिन्न छुट दिने तयारी रहेको भट्टराईले जनाए । दिउसो १२ बजे देखि साझ १० बजेसम्म संचालन हुने उक्त महोत्सबमा ९० लाख खर्च गरी १५ देखि २० लाख बचत गर्ने लक्ष्य राखिएको उनले जनाए । नयाँ बर्षको साझ भने राती २ बजेसम्म महोत्सब संचालन हुने भटराईले बताए ।

reban-banner

महोत्सबको अवसरमा ख्यातीप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुती, नृत्य प्रस्तुती, हास्यकलाकारको प्रहशन, रेष्टुरेण्ट कर्मचारीहरु बिचको दौड एबं वेटर रेस, साहषिक र मनोरन्जनात्मक गतिविधिहरु संचालन हुने रेवान पोखराका अध्यक्ष एवं सांस्कृतिक समितिका संयोजक चौवहादुर गुरुङ्ले बताए । पोखरा सडक महोत्सब सबैको महोत्सब भएको भन्दै गुरुङले सबैको साथ समर्थन सल्लाह तथा सुझाबको आधारमानै अगाडी बढ्ने बताए ।

कार्यक्रमको संचालन गर्दै सस्थाका सचिब विश्व राज पौडेलले रेवानको टिम रथमात्र भएको बताउदै पोखरेली नै त्यो रथको चालक भएको बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस