गोरखा-
करेन्ट लागेको गोरुलाई बचाउन खोज्दा गोरखामा एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो भएको सो घटनामा गोरखाको तान्द्राङ गाविस वडा नम्वर ४ का ७२ वर्षका शिवप्रसाद लामिछानेको ज्यान गएको हो ।
तान्द्राङ वडा नं. ३ को पातल भन्ने ठाऊँमा गोरु चराउन पुगेका लामिछानेले करेन्ट लागेको गोरुलाई बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गोरुले बिजुलीको पोलमा सिगौरी खेल्ने क्रममा पोलबाट तार सट भइ गोरुको टाउकोमा करेन्ट लागेको देखेपछि लामिछानेले गोरुको पुच्छरमा समातेर तान्ने क्रममा उनलाई समेत करेन्ट लागि घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।करेन्ट लागेर गोरु पनि मरेको छ ।





