सस्तो व्यापार मेलामा २ करोडको कारोबार, बुधवार अन्तिम दिन

  • पोखरा न्यूज
  • २०७३ मंसिर १४
Post Thumbnail

पोखरा-

यही मंसिर ९ गतेदेखि पोखराको पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्समा सुरु भएको दोस्रो सस्तो व्यापार मेला बुधबार सकिँदै छ ।  मंगलबारसम्म ६० हजार दर्शकले अवलोकन गरेको मेलामा  २ करोडको कारोबार भएको मेला संयोजक माधव बास्तोलाले बताए ।

संस्कृतिको माध्यमबाट पोखराको समग्र विकासलाई ध्यान दिँदै यस क्षेत्रका विपन्न निम्न आय भएका र नव उद्यमशील उद्यमीहरुको आर्थिक वृद्धि तथा समृद्धिको लागि उत्कृष्ट बजार स्थापित गर्न कम्प्लेक्समा मेला आयोजना गरिएको बास्तोलाले बताए ।

महोत्सवमा लोक दोहोरी धमाका, नवप्रतिभाको खोजी अभियान अन्तर्गत खुल्ला नृत्य प्रतियोगिता (प्रदेश तारा), विश्वका विभिन्न ठाउँमा पाइने सबै प्रकारका कुकुरको प्रदर्शनी, हिरादेखि जिरासम्म र नुनदेखि सुन सम्मका सम्पूर्ण सामान एकै थलोमा पाइने र कृषि प्रदर्शनी छ । प्रदेश तारामा प्रथम हुनेलाई नगद ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार र सान्त्वना पुरस्कार दुई जनलाई ५÷५ हजारका दरले प्रदान गरिने छ । प्रदेश तारा तीन चारणमा गरी विजेता घोषणा गरिने बास्तोलाले बताए । अडिसनमा ३३ जना सहभागी भएका थिए । प्रदेश ताराको फाइनल बुधबार हुँदैछ ।

लोक दोहोरी धमाकामा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, राजु परियार, जानकी तारामीमगरका साथै कास्की र गण्डकी चर्चित गायक गायिकाहरुको प्रस्तुति राखिसकेका छन् भने समापनको दिन गायक पशुपति शर्माले दर्शकलाई मनोरञ्जन दिनेछन् ।

विभिन्न जिल्लाहरुमा उत्पादित वस्तुको प्रवद्र्धनका साथै एकै थलोमा वस्तुको पहिचान र सेवालाई उपभोक्ता सम्म पु¥याउने, कम्प्लेक्स भित्रको व्यवसायको प्रवद्र्धन, साहित्य कला र संस्कृतिको प्रचारप्रसारका साथै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य मेलाको छ । साथै मेलामा स्थानीय तथा घरेलु सामग्रीहरुको प्रचारप्रसार तथा प्रवद्र्धन र कृषि तथा उत्पादित वस्तुको बजारीकरणमा मेलाले सहयोग पु¥याउने उनले बताए ।

३ करोड लागतमा निर्माण भएको कम्प्लेक्समा ३ सय २० सटर छन् । मेला अवधिमा कम्प्लेक्स भित्रका पसलमा सामान खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ । कम्प्लेक्समा वाइफाइ र सिसि क्यामेराको व्यवस्था, पर्याप्त पर्किङको सुविधा लगायतका विशेषता छ । कम्प्लेक्स शुभारम्भ एवं दसैंको अवसर पारेर पहिलो सस्तो व्यपार मेला असोजमा भएको थियो । बास्तोला कम्प्लेक्स माधव बास्तोला, बलराम बास्तोल, उमराज बास्तोला र बाबुराम आचर्याले सञ्चालनमा ल्याएका हुन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस