पोखरा-
कास्कीको भदौरे तमागी गाविसमा पुसको पहिलो हप्तामा तमु ल्होसार भदौरे पञ्चासे महोत्सवको आयोजना गरिने भएको छ ।
भदौरे क्लबको आयोजनामा यही पुस ५ देखि १० गतेसम्म हुने सो महोत्सवमा विविध खेलकुद एवम् सांस्कृतिक कार्यक्रम हुने क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिनुभएको छ । अध्यक्ष गुरुङका अनुसार महोत्सवमा फुटबल, भलिबल, खुल्ला एकल नृत्य प्रतियोगिता, घैटो फुटाउने, ठेलो, रस्साकसी, महिला मेच घुमाइ प्रतियोगितालगायत विभिन्न मनोरन्जनात्मक कार्यक्रम हुनेछन् ।
महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको पुरुष फुटबल प्रतियोगिताको विजेताले नगद रु ४४ हजार चारसय ४४ र उपविजेता टोलीले नगद रु ३३ हजार तीनसय ३३ का साथमा कप, मेडल तथा प्रमाणपत्र पुरस्कारस्वरुप प्राप्त गर्ने बताइएको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक, मिडफिल्डर, स्ट्राइकर र गोलकिपरलाई पनि छुट्टाछुट्टै रुपमा पुरस्कृत गरिने खेलका संयोजक सन्तोष गुरुङले बताउनुभयो । त्यस्तै, भलिबल प्रतियोगितातर्फ प्रथमलाई नगद रु ३० हजार, द्वितीयलाई रु २० हजार तथा ट्रफी तथा मेडल दिइनेछ ।
रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution