वडा प्रहरी कार्यालय वगर भित्र चमेना गृह तथा ग्राउण्ड पिच हुने

पोखरा-

वडा प्रहरी कार्यालय बगर निर्माण तथा मर्मत संभार समितिको पहलमा चमेना गृह र परिसर भित्रको ग्राउण्ड पिच गरिन लागेको हो।

चमेना गृह तथा परिस ग्राउण्डको आईतबार एक कार्यक्रमका वीच समितिका सल्लाहकार क्या.गंगाबहादुर खत्रीले शिलन्यास गरे।वगरमा रहेका सुरक्षाकर्मी र चौकी भित्र रहेका थुनुवालाई स्वस्थ खाना खाजा खुवाउनका लागि चमेना गृह बनाउन लागिएको वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिए।चमेना गृहमा खाना र खाजाका अलवा सुरक्षाकर्मीलाई चाहिने दैनिकी सामाग्री पनि राखिने छ। चमेना गृह चौकीकै स्टाफले नै चलाउने उनले जानकारी दिए।

थुनुवालाई वाहिर बाट खाना खाजा ल्याउदा कस्तो ल्याउछन् हामीलाई थाहा नै हुदैन। अझै हामीले टेस्ट गरेर थुनुवालाई पठाउनुपर्दछ उनले भने–यहि चमेना गृह बनेपछि त यहाँ स्टाप तथा थुनुवालाई खाजा खुवाउन पनि सजिलो हुनेछ।उनका अनुसर यो चमेना गृहमा स्वस्थ साथै वाहिर मुल्य भन्दा सस्तोदर कामय गरिनेछ।यहाँका नागरिकको सहयोगले विगतका वर्षमा पनि विभिन्न खाले भवन बनेको देखेपछि समिति सगको सल्लाहले यो चमेना गृह र परिसर ग्राउण्डको पिच गर्ने योजना वुनेको उनले बताए।यहाँका प्रमुखको आग्रहमा नै चमेना गृह र परिसर ग्राउण्ड पिच गर्न लागिएको वडा प्रहरी कार्यालय बगर निर्माण तथा मर्मत संभार समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले जानकारी दिए।म त यहाँहरुले अध्यक्ष बनाईदिएर एउटा नेतृत्व मात्रै गरेको हु श्रेष्ठले भने– तपाईहरुको सहयोगले नै अहिले सम्मको कार्य पुरा भएको छ यो अभियानमा पनि अघिल्ला वर्ष झै सहयोग पाउने विश्वास लिएको छु।चमेनन गृह तथा परिसको ग्राउण्ड पिच गर्न आठ लाख ४९ हजार एक सय ५९ रुपैया लाग्ने अनुमान गरिएको समितिका कोषाध्यक्ष चित्रबहादुर थापाले जानकारी दिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथ क्या.गंगाबहादुर खत्रीले आफू पनि फौजीमा काम गरेको बताउदै फौजीमा आफ्नै चमेना गृह हुनु पर्ने उल्लेख गरे।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरकी अध्यक्ष तथा समितिकी सल्लाहकार जीवन अधिकारीले प्रहरी र नागरिक विचको सहकार्यको नविनत उदाहरण रुपमा यो कार्यलाई लिएको बताईन्।समितिका सल्लाहकार वरुणविक्रम राणाले यहाँ वन्ने सम्पती सवै हाम्रै भएकोले यो अभियानमा सवैले सहयोग गर्नुपर्ने बताए। समाजसेवी दलबहादुर गुरुङले सामाजिक कार्यमा आफ्नौ सधै सहयोग रहने बताए।कार्यक्रममा बमबहादुर गुरुङले दश हजार एक सय ११, त्रिपाठी वद्रर्श एण्ड सन्स पोखरा–१० बाट दश हजार, दलबहादुर गुरुङले दश हजार एक सय, कमलबहादुर थापाले पाँच हजार एक सय, सञ्जय अधिकारीले पाँच हजार एक सय, क्या.गंगबहादुर खत्रीले पाँच हजार ११, एस.एन लेदर स्वीच लामाचौरले पाँच हजार पाँच र सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरबाट पाँच हजार पाँच रुपैया सहयोग गरेका छन्।वडा प्रहरी कार्यालय बगर निर्माण तथा मर्मत संभार समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा भएको समितिका सदस्य सञ्जय अधिकारीले स्वागत र वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरिक्षक तथा निर्माण समितिका सदस्य सचिव किशोर लम्सालले कार्यक्रम सञ्चालन गरेका थिए।

वडा प्रहरी कार्यालय वगर हाता भित्र निर्माण हुन लागेको चमेनन गृह तथा परिसको ग्राउण्ड पिच शिलन्यास गर्दै समितिका सल्लाहकार क्या.गंगाबहादुर खत्री।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button