पोखरावाट बेपत्ता पाइलटको परिवारलाइ दुई लाख सहयोग

पोखरा-

नेपाल प्यराग्लाईडिङ पाइलट क्लव पोखराले बेपत्ता  पाइलट राम नेपालीको परिवारलाई आर्थिक सहयोग गरेको छ।

केहि समय अगाडी पोखरावाट बेपत्ता भएका प्यराग्लाईडिङ पाइलट राम नेपालीको परिवारलाई सोमबार एक कार्यक्रमका विच क्लवले दुई लाख रुपैया आर्थिक सहयोग गरेको हो ।  क्लवका साधारण सदस्य रहेका नेपालीकी श्रीमती माया नेपालीलाई क्लवका अध्यक्ष खुमबहादुर गुरुङले सहयोग स्वरूप उक्त रकम हस्तान्तरण गरेका हुन । हाम्रो केहि सहयोगले परिवारलाई राहात पुग्छ कि भनेर यो सहयोग गरेका हौ गुरुङले भने। क्लवमा आवद्ध सदस्य र क्लवको तर्फबाट उक्त  रकम संकलन गरिएको क्लवका सचिव हरि बास्तोलाले जानकारी दिए ।  सहयोगले आफूलाई ठुलो राहात मिलेको नेपालीकी श्रीमती माया नेपालीले बताईन्।

पोखरा–२६ सराङकोट निवासी नेपाली गत असोज २८ गते उपचारका लागी पोखराको गण्डकी मेडिकल कलेज पुगेका थिए । उपचारका लागी हिडेका नेपाली अस्पतालवाट निस्केर पोखराको सेतीनदीमा पुगी हामफालेको भन्ने अपुष्ट खबर परिवारले प्राप्त गरेको थियो ।  स्थानीयले उनकै हुलियाको व्यक्ति सेतीमा हामफालेको खबर प्रहरीलाई गरेपछि गोताखोरको टोली समेतले खोजी गर्दा पनि भेटन सकेको थिएन ।

नेपालीको परिवारले स्थानीयको  भनाईको आधारमा उनको मृत्यु भएको ठानी आफ्नो संस्कार अनुसार उनको काजक्रीया गरिसकेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button