डीएनबी,
पोखरा –
पोखरामा मंगलबार बिहान सडक भासिदा गुडिरहेको माईक्रोवस दुर्घटना भएको छ । पोखरा १६ चमेरे गुफा क्षेत्रको पक्की सडक भासिदा माईक्रोवस खाडलमा परेको हो । पोखरा वस व्याबसायी समितिमा अन्तर्गतको ग १ ख ७०३३ नम्वरको माईक्रोवस गुड्दै गर्दा विहान करीब ५ बजेको समयमा भासियको सडकको खाडलमा परेको स्थानीय सुवास अधिकारीले पोखरान्युज डटकम लाइ बताए ।

आज विहानै क्युमा जाने क्रममा गाडी गुडिरहेकै समयमा सडक भासियपछी गाडी खाडलभित्र फसेको गाडीका चालक सर्वोजीत रेग्मीले पोखरान्युज डटकम लाइ बताए बिहान वस खाली भएको हुनाले तल्लो भागसम्म जान नपाएको र ठुलो क्षति हुनवाट जोगिएको रेग्मीले बताए । सडकमा भ्वाङ परी आफ्नो गाडी एकै चोटी तल भासियको खाडलमा पर्दा आफु त्रसित भएको उनले पोखरान्युज डटकम लाइ जनाए । खाडलमा परेको वसलाई क्रेनको सहायतावाट करीव साँढे दुई घण्टा पछि निकालिएको हो ।
पोखरा वस व्याबसायी समितिका सचिव अमृत तिमिल्सिनाले सडक भासिएर वस खाडलमा पर्दा वसमा सामान्य क्षति पुगेको पोखरान्युज डटकम लाइ बताए । उनले भने “चालकको सचेतनाको कारण र वसमा यात्रु सवार नभएको कारणले गर्दा पनि ठुलो क्षति हुन पाएन । नेपाल खानेपानी संस्थानका प्राविधिक दिनेश्वर प्रसाद यादवले कालीखोलाको पानी ल्याइएको क्षेत्र अन्र्तगत सर्वसाधारणको कनेक्सन पाईपबाट पानी चुहिएको कारणले गर्दा सो क्षेत्रमा सडक भासिन पुगेको बताए । विन्ध्यवासीनी खानेपानी इकाईका प्रमुख समेत रहेका उनले पोखरान्युज डटकमसंग भने “हामीले सो क्षेत्रमा पानी लिग भएकोे कारणले गर्दा भ्वाङ परेकोले तत्काल मर्मत गर्न टोली खटाएका छौं, यदी कतै यस्ता पानीको पाईपहरु फुटेर लिग भएको छ भने हामीलाई खवर गर्नू होला हामीले समयमै मर्मत गर्नेछौं ।”
कालिखोलाबाट पोखरा बजारको लागि १० ईन्चको पाईपमा खानेपानी ल्याइएको छ । भासियको क्षेत्रमा खन्दै गरेका खानेपानीका एक कर्मचारी बाबुराम विश्वकर्माले हाप इच्चको पाईप फुटेको कारणले गर्दा त्यसले भित्र भित्र खोतलेपछी सडक भासिन पुगेको वताए ।





