पोखराको आकासमा वटरफ्लाई

पोखरा –

पोखरा र फेवातालको आकासमा बिहिबार वटरफ्लाई ( पुतलीको आकार भएको सेतो कागज ) उडेका छन । कलाकार मीलन राईले पोखराको आकासमा वटरफ्लाई उडायका हुन । पोखरा २६, सेदीवगरमा रहेको द बी चार्रमर (व्युटिक रेष्टुरेण्ट) को निमन्त्रणामा पोखरामा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेको द बी चार्रमरका संचालक तथा प्याराग्लाईडीङ पाईलट बुद्धि सागर पराजुलीले बताए । उनले भने “ कलाकार राईले देश र विदेशका धेरै ठाँउमा यस्तो वटरफ्लाई कार्यक्रम गर्दै आएकोले हामीले पनि पोखराको आकासमा यस्तो कार्यक्रम गर्ने व्याबस्था मिलाएका हौं । ”

विभिन्न ठाँउहरुमा वटरफ्लाइ गर्दै आएका कलाकार राईले प्याराग्लाईडीङ गर्दै पोखरा र फेवाताल माथिको आकासमा यस्तो कार्यक्रम आयोजना गर्दा आफु निकै हर्सित भएको बताए । ८ बर्ष पछि पोखरा आएका कलाकार राईले ३० घण्टा जसो प्याराग्लाईडीङ गरेसंगै काजगको फुतलीहरु खुल्ला आकामसा उडाउदा साँचै फुतलीहरु नै उडेको जस्तै देखिएको बताए । धरान घर भई काठमाण्डौं बस्दै आएका कलाकार राईले सानै उमेर देखि पेन्टीङ, चित्र कोर्ने लगायतको क्षेत्रमा लागेरै युरोप तथा अमेरीका सम्म पटक पटक पुगेका छन। त्यसै गरी वेलुका कलाकारले आफ्नो अनुभव समेत उक्त रेष्टुरेण्टमा बताएका थिए । साथै उक्त रेष्टुरेण्टमा विभिन्न तष्विर तथा कोरीएका चित्र एंव वटरफ्लाईहरु सजिसजावट गर्दै आगन्तुक पाहुनाहरुको लागि प्रदर्शनी समेत गरीएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button