पाल्पा बन्द फिर्ता

पाल्पा, २५ मङ्सिर-

आन्दोलनकारीले अनिश्चितकालीन पाल्पा बन्द आजदेखि फिर्ता लिएका छन् । बन्द फिर्ता लिएपछि यहाँको जनजीवन सामान्य बन्दै गएको छ । सदरमुकाम तानसेन आसपासका क्षेत्रका बजार खुल्न थालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुँवरले अर्को कार्यक्रम तय नहुँदासम्मका लागि बन्दका कार्यक्रम फिर्ता लिएको बताउनुभयो । सरकारले पाँच नम्बर प्रदेशबाट पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुमलाई अलग गरी चार नम्बर प्रदेशमा राख्ने प्रस्ताव संसद्मा दर्ता गरेपछि नेकपा ९माओवादी केन्द्र० बाहेकका राजनीतिक दलले मङ्सिर १५ गतेदेखि अनिश्चितकालीन बन्द गरेका थिए ।

एघार दिनदेखिको बन्दले जिल्लावासीलाई दैनिक कार्य सञ्चालन गर्न कठिनाइ भएको थियो । बन्दले तानसेनदेखि ग्रामीण भेगमा सञ्चालन हुने यातायातका साधन, शौक्षिक संस्था, उद्योग, व्यवसाय ठप्प रहेका थिए । पाँच नम्बर प्रदेशलाई अलग गर्न नहुने मागसहित नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा माले, अखण्ड नेपाल, राष्ट्रिय जनमोर्चा, राप्रपा, पाल्पा उद्योग वाणिज्य सङ्घलगायत आन्दोलन गर्दै आएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button