पोखरामा अन्तराष्ट्रिय विमानस्थलको काम रोकिएको छैन-महानिर्देशक गौतम

पोखरा-

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमले पोखरामा अन्तराष्ट्रिय विमानस्थल निमार्णको काम नरोकिएको बताएका छन । पोखरामा कुनै कारणले गर्दा विमानस्थल निमार्णको कार्य नरोकिएको बताउदै महानिर्देशक गौतमले कसैको भ्रममा नपर्न आग्रह गर्दै पोखरामा विमानस्थलको निमार्ण कार्य जारी रहेको प्रष्ट पारेका हुन । केही दिन अघि पर्यटन मन्त्री जीवन बहादुर शाहीले दातृनिकायको सहुलियको ऋणमा हुन लागेको लगानी कम्पनीलाई धितो राख्ने काम भई रहेकोले गर्दा पोखरामा विनमास्थल निमार्णको काम अघि बढ्न सकेको छैन भन्ने बिषयमा वोलेका थिए । नेपाल सरकारको पैसाबाट भए पनि पोखरामा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण हुने कुरामा मन्त्री शाहीको जोड थियो ।

पोखरामा विमानस्थलको निमार्णको काम रोकिएको भन्ने बजारमा अनावश्यक हल्ला भएको बताउदै महानिर्देशक गौतमले कार्य तालिका अनुसार निमानस्थल निमार्णको काम तिव्र गतिमा भएको जनाएका हुन । कुनै पार्टी तथा कुनै संघ संस्थाहरुबाट समेत आफुहरुलाई कुनै अबरोध नभएको बताउदै उनले भने “यो पोखरेलीहरुको मात्र सपना होइन यो बृहत राष्ट्रिय गौरवको योजना हो, अब यो निमार्ण कार्य कुनै हालतमा रोकिदैन, सवै तफैबाट जति सक्दो छिटो निमार्ण कार्य सम्पन्न गर्न आव्हान गरीएको छ । ”

सन २०२० जुलाइ भित्र निमार्ण कार्य सकिने गरी हाल निमार्ण कार्य भई रहेकोले आम जनताहरुमा भ्रम नपर्न समेत महानिर्देशक गौतमले आग्रह गरेका छन । करीब २१ अर्व ६१ करोडको आयोजना भए पनि त्यसमा सरकारले थप ४ अर्व बराबरको केही काम गर्दै गरेको समेत उनले जनाए । पहिलो चरणमा ३१ सय ६ रोपनी, दोश्रो चरणमा ५ सय २१ रोपनी जग्गा अधिकरण गरेको सरकारले पुनः १ सय ७ रोपनी जग्गा अधिकरण गर्ने योजना भएको गौतमले बताए । एक सय ७ रोपनी जग्गा अधिकरणको लागि केहि दिनमा सर्वे सकिए लगतै सुचना जारी हुने सेमत उनले बताए । उक्त जग्गा अधिकरण गर्नको लागि एक अर्व बजेट विनियोजना हुने गौतमले बताए । क्यानका ईन्जिनियर प्रदिप अधिकारीले चाईनीज एक टोली पोखरामै रहेर विमानस्थल निमार्ण अभियानमा जुटि रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button