पोखराको पुम्दीकोटमा महादेवको विशाल मुर्ति बनाउन राजनीतिक दलहरुको सहयोग हुने

  • पोखरा न्यूज
  • २०७३ मंसिर २७
Post Thumbnail

पोखरा –
पोखरा २५, पुम्दीकोटमा निमार्ण हुन लागेको महादेवको विशाल मुर्ति निमार्ण गर्ने अभियानमा कास्कीका राजनीतिक दलहरुहरु एक भएका छन । धार्मिक तथा पर्यटकीय महत्व वोकेको पोखराको पुम्दीकोटमा महादेवको विशाल मुर्ति निमार्ण गर्ने अभियानमा कास्कीका राजनीतिक दलहरु एक भई आर्थिक सहयोग जुटाउने अभियानमा सहयोग गर्ने भएका हुन ।

पुम्दीकोट बिशाल महादेव मुर्ति निमार्ण उपभोक्ता एवं पर्यटन प्रवद्र्धन समितिको सोमबार पोखरामा कास्कीका राजनीतिक दलहरुसंगको छलफल तथा अन्र्तकृया कार्यक्रममा राजनीतिक दलहरुले पुम्दीकोट प्रदेश नम्बर ४ को पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने अभियान हाल निमार्ण हुन लागेको महादेवको विशाल मुर्ति निमार्ण गर्ने कार्य सफल पार्न आफ्ुनो क्षेत्रबाट सहयोग गर्ने भएका हुन । नेकपा माओबादी केन्द्र कास्कीका ईन्चार्ज राजकाजी गुरुङ (करण) ले पुम्दीकोटामा महादेवको मुर्ति बनाउने अभियान आर्थिक विकाससंग जोडिएकोले यसलाई आफुहरुले सहयोग गर्ने जनाए । विशाल महादेवको मुर्ति अवलोकन गर्न अपाङगता भएका व्यक्तिहरुको पनि पहुच पुग्ने गरी अपाङग मैत्रि वनाउन आग्रह गर्दै उनले भने “ माओबादीले द्धन्दकालमा राजनीति गरेको उक्त क्षेत्रमा हामीले केहि गर्न नसकेको अबस्थामा धार्मिक तथा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले विशाल महादेवको मुर्ति निमार्ण गर्ने अभियानमा हाम्रो तर्फबाट जिल्ला स्तर देखि केन्द्रसम्म पहल हुन्छ । ”

नेकपा एमाले कास्कीका सदस्य राधिका शाहीले स्थानीय श्रोत साधन प्रयोग गरी प्रदेश नम्वर ४ कै पर्यटनको उत्कृष्ट गन्तव्य वनाउने उक्त अभियानमा आफ्नो पार्टीको पुर्ण साथ र सहयोग हुने प्रतिवद्धक्ता व्यक्त गरीन । पुम्दीकोट क्षेत्रमा गुणस्तरीय पर्यटकहरुको लागि रिसोटहरु समेत आवश्यक भएको बताउदै उनले सिधै सडक मार्ग पुम्दीकोट सम्म नजोड्न सुझाव दिईन । एमालेका जिल्ला सदस्य ईमानराज पौडेलले पुम्दीकोटमा उक्त मुर्ति स्थापना भएसंगै त्यहाँको आर्थिक विकास हुने बताए । उनले भने “दुध उत्पादन हुने पुम्दी क्षेत्रका स्थानीयले अब दुधको भाडा वोकेर पोखरा धाउन पर्दैन त्यही दुधबाट उत्पादन हुने परिकारहरु वनायर विक्रि गर्नु पर्दछ । ” नेपाली कागेंस कास्कीका सदस्य युवक लामिछानेले नमुना पर्यटकीय धार्मिक स्थल वनाउने अभियानमा आफुनो पार्टी महत्वपुर्ण भुमिका निभाउन तयार भएको जनाए । उनले भने “ आर्थिक सहयोग जुटाउन देखि केन्द्रबाट समन्वय गरी उक्त अभियान सफल पार्न हामी तयार छौं । ” जनमोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष शंकर बरालले समावेशीकरण गरी पुम्दी क्षेत्रकै बृहत हित हुने गरी गुरुयोजना हुनु पर्नेमा जोड दिदै महादेवको मुर्ति बनाउने अभियानमा आफुहरु पटि कटिवद्ध भएको जनाए । पोखरामा आएका पर्यटकहरुको वसाई लम्वाउने अभियानमा पुम्दी क्षेत्रमा यस्ता संरचनाले थप मद्धत पुग्ने उनले बताए ।

नेकपा क्रान्तिकारी माओबादीका जिल्ला प्रतिनिधि राम्जी थापाले विज्ञानको युगमा महादेवको मुर्तिको विकल्प खोज्न आग्रह गर्दै महादेवकै मुर्ति वनाउने भए पनि त्यसमा आफुहरुले सहयोग नर्ग तयार भएको वचन दिए । ईन्जिनियर बाबुराम बरालले पुम्दीकोटमा निमार्ण हुने उक्त महादेवको विशाल मुर्तिको बारेमा जानकारी गराएका हुन । रौतहटका प्रमुख जिल्ला अधिकारी तथा पुम्दीका स्थानीय नरहरी बरालले पुम्दीकोटा प्राकृतिक हिसावले निकै मनमोहक भए पनि धेरै बर्ष देखि गुमनाम भएको यस क्ष्ोत्रको प्रचारप्रसार सुरु भएकोले यो अबस्थामा सवै क्षेत्रबाट सहयोग जुटायर महादेवको मुर्ति वनाउने अभियानलाई सफल पार्न आग्रह गरे । उनले भने “ यो ऐतिहासिक तथा धार्मिक पर्यटनको गन्तव्य हुन सक्छ, त्यही अबधारणमा अब सवै जागरक हुनुपर्दछ, आफु्नो क्षेत्रबाट सकेको सहयोग सवैबाट भएमा अभियान सफल हुन्छ । ”

समितिका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय मित्रलाल बराल, सचिव प्रकाश बराल लगायले वोलेका थिए । परम्परादेखि महिलाहरुको महान पर्व हरितालिका जित पर्व र महाशिवरात्रिको दिनमा बिशेष पुजा हुने गरेको सो क्षेत्र पर्यटकीय दृष्टिले आफैमा रमणिय भएकोले गर्दा सो क्षेत्रको धार्मिक सहित पर्यटन प्रवद्र्धन गर्ने अभियान स्वरुप उक्त मुर्ति स्थापना गरीने अभियानमा आफुहरु जुटेको समितिका अध्यक्ष बरालले बताए । पुम्दीकोटको बृहत योजना ५ बर्षको भएको बताएका संयोजक बरालले उक्त प्रोजेक्ट सफल पार्न करीब २१ करोड लागत हुने जनाए।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस