पोखरा-
पोखरामा बुद्ध धर्मबारे धार्मिक प्रवचन तथा वाङ (अभिषेक) २०७३ आयोजना हुने भएको छ । बुद्ध भगवान जन्मेको नेपालमा बुद्ध धर्म, शिक्षालाई संरक्षण, सम्बद्र्धन र प्रचारप्रसार गर्न प्रवचन आयोजना गर्न लागिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।उदिम मिडिया प्रालिको व्यवस्थापनमा भएको पत्रकार सम्मेलनमा योङ्ग ढुक्पा एशोसियसन नेपालका संयोजक टासी ल्हमु शेपाले बुद्ध धर्म र शिक्षालाई गाउँ, बस्तिहरुको कुना काप्चा सम्म फैलाउन कार्यक्रम आयोजना गरिएको बताइन् । पोखराको रामघाटस्थित टासी छ्योइलिङ गोपाल लामा गुम्बामा मंगलबार बिहान १० बजेदेखी साँझ ५ बजेसम्म प्रवचन हुनेछ । संयोजक लामाका अनुसार ९ औ अवतार शरण नायक ग्यावा दोखाम्पा (खाम्टुल रिन्पोछे)ले धार्मिक प्रवचन दिने कार्यक्रम छ ।
‘धार्मिक प्रवचन तथा वाङ (अभिषेक) मध्यमबाट मानिसहरुको मनमा करुणा, सदभाव र भाईचारको भावना जागृत हुन मद्दत पुगोस्’ संयोजक लामाले भनिन् ‘विश्वमा दिन दिनै फैलिदै गएको अशान्ति, हिंसा र असुरक्षा जस्ता कार्यहरु समेत तुरुन्त रोकि विश्वमा पुन शान्ति, सुरक्षा, धार्मिक सदभाव, भातृत्व फैलियोस भन्ने कामनासहित यो कार्यक्रमको आयोजना गरिएको हो ।’ यो धार्मिक प्रवचन तथा वाङ (अभिषेक) २०७३ कार्यक्रमको आयोजा योङ्ग ढ्रुक्पा एसोसिएसन नेपालको मुख्य अयोजना र स्थानिय संघ संस्थाको सहकार्यमा नेपालका बिभिन्न जिल्लाहरुमा हुनेछ । पोखरापछि पुस १ गते सिन्धुपाल्चोकको बाखाङ तातोपानीमा, पुस ३ र ४ गते दोलाखाको सुस्पामा पुस ८ र ९ गते धादिङको सेर्तुङमा हुनेछ ।
यसअघि रिन्पोछेको मुख्य नेतृत्वमा २०७२ साल कार्तिक २९ गते देखि मंसिर ६ गते सम्म ‘ढ्रुक पेकार नेपाल’ (ढ्रुक्पा नेपाल) र ‘लिभ टु लभ इन्टरनेशनल’ ले संयुक्त रुपमा ८ दिने ‘नेपाल पद यात्रा’ कार्यक्रम सिन्धुपाल्चोकमा आयोजना गरेका थिए । पद यात्राको शुरुवात हेलम्बु गाबिसको तिम्बुबाट गरि १५ ओटा गाबिससहित १ नगरपाकिका क्षेत्रमा यात्रा गरि जिल्लाको सदरमुकाम चौतारामा समापन गरिएको थियो ‘नेपाल पद यात्रा’ कार्यक्रममा १०० जना भिक्षु भिक्षुणी, १५० जना र स्वदेशी तथा विदेशी सर्व साधारणहरु समेत गरि जम्मा २५० जनाको सहभगिता रहको थियो । यात्रा कार्यक्रम २०७१ सालमा गएको भुकम्पको कारणले पिडित भएको व्यक्तिहरुको मनमा रहेको डर, त्रास र भयहरुलाई हटाई नियमित दिन चर्यमा फर्किन हौसला प्रदान गर्न, उनिहरुको मनोबललाई बढाउन साथै क्षत बिक्षत भएको भौतिक संरचनाहरुको पुर्ननिर्माण गरि पुर्नबास गर्न हौसला प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको थियो
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution