पोखरा अन्तराष्ट्रिय विमानस्थलको जग्गा तेश्रो पटक अधिग्रहण हुने

  • पोखरा न्यूज
  • २०७३ मंसिर २७
Post Thumbnail

डीएनबी,
पोखरा –

तेश्रो पटक पोखरा अन्तराष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहण हुने भएको छ ।

अन्तराष्ट्रिय विमानस्थलको लागि थप जग्गा आवश्यक परेकोले विमानस्थलको वरपरको एक सय ७ रोपनी क्षेत्रफल अधिग्रहण हुने भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर प्रदिप अधिकारीले बताए ।विमानस्थलको वरिपरि १० मिटरको सडक निमार्ण गर्ने भएकोले नेपाल नागरिक उड्डयन प्राधिकरणको योजना भएको प्राधिकरणका ईन्जिनियर प्रदिप अधिकारीले बताए । उनले भने“ अन्तराष्ट्रिय विमानस्थलसंग टासियर निमार्ण भएका केहि घरहरु भएकोले, विमानस्थलको वरिपरि सडक आवश्यक भएकोले, विमानस्थल वरिपरि केही जग्गा आवश्यक हुने मुख्य तीन कारणले गर्दा जग्गा अधिग्रहण हुने भएको हो ।”

अर्को कुनै योजना नआउदा सम्मको अन्तिम पटक उक्त जग्गा अधिग्रहण हुने भएको उनले बताए । उक्त जग्गा अधिग्रहणको लागि सर्भेको काम सकिएकोले केहि प्रकृया पु¥यायर प्राधिकरणले सुचना जारी हुने बताए । उक्त जग्गा अधिकरण गर्नको लागि एक अर्व बजेट विनियोजना भएको उनले बताए । करीब २१ अर्व ६१ करोडको आयोजना भए पनि त्यसमा सरकारले थप ४ अर्व बराबरको केही काम गर्दै गरेको समेत उनले जनाए ।

फाइल फोटो 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस