पोखराको गण्डकी मेडिकल कलेजमा ओपीडी सेवा अनिस्चित कालिन वन्द

पोखरा –
चिकित्सक आन्दोलनले पोखराको नयाँवजारमा रहेको गण्डकी मेडिकल कलेजको ओ.पी.डी सेवा अनिस्चितकालका लागी वन्द भएको छ । तीन बर्ष देखि काम गर्दै आएका दुई जना चिकित्सकलाई अस्पताल प्रशासनले विना कारण निस्कासन गरेको भन्दै कलेजका चिकित्सकहरुले ओपीडी सेवा अनिस्चित कालिन वन्द भएको जनाएका छन ।

बिना सुचना वर्खास्त गरिएका चिकित्सकहरुलाई पुर्नबहाली गरिनुपर्ने अन्यथा ओपीडी सेवा अनिस्चित कालिन वन्द गरीएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गण्डकी मेडिकल कलेज फ्याकल्टी एशोसिएसन तदर्थ समितिका सचिव डा. तारा कोईरालाले बताए । आफुहरुको चार सूत्रीय माग राखी चरणवद आन्दोलन गर्दा अस्पताल प्राशासनले कुनै सुनुवाई नगरेकोले आफुहरुले मंगलबार देखि नै अस्पतालको ओपीडी सेवा बन्द गराएको उनले बताए । कलेजमा कार्यरत प्राध्यापकहरुलाई स्थायी गरिनुपर्ने, प्रत्येक दुई÷दुई वर्षमा तलब बृद्धि हुनुपर्ने सम्झौता अनुसार वृद्धि हुनुपर्ने, समयमै तलब पाउनुपर्ने माग राख्दै चिकित्सकहरु आन्दोलित भएका हुन । शुक्रबारसम्म पनि आफुहरुको माग पुरा नभए पुनः अर्को दोश्रो चरणको आन्दोलन गर्ने भएको डा. कोईरालाले बताए । उनले भने “ हामीले नचाहादा नचाहादै आन्दोलनमा जान प्रशासनले बाध्य गरायो, कलेजमा हामीले ईमर्जेन्सी, भर्ना भएका, गम्भीर प्रकारका विरामी तथा घाइतेहरुको उपचारमा हामीहरु संलग्न भएका छौं । ”

डा. विनम्र बस्नेत र डा. बिबेक रन्जितकारलाई अस्पतचाल प्रशासनले पछिल्लो ३ महिनाको कारारमा राखेर निस्कासन गरेको थियो । उनीहरु उक्त कलेजमा विगत ३ बर्ष देखि कार्यरत चिकित्सकहरु हुन । कलेजले हरेक एक एक बर्षमा करारमा काम लगाय पनि पछिल्लो ३ महिनामा करारमा राखे पछि उनीहरुलाई निकालेसंगै कलेजमा समस्या उत्पन्न भएको हो । कलेजमा करीब ७ सय ५० जना कर्मचारी कार्यरत भएपनि करिब १० प्रतिशत मात्रै स्थायी भएको बताईन्छ । प्रमुख कार्यकारी अधिकृतबाट विभिन्न संचार माध्यमहरुमा वेइमान, असक्षम जस्ता शब्द प्रयोग भएकोमा गम्भीर ध्यानआकषर्ण भएको गण्डकी मेडिकल कलेज फ्याकल्टी एशोसिएसन तदर्थ समितिले जनाएको छ ।

कलेजका प्रमुख कार्यकारी अधिकृत शन्तोस कुमार खनालले कलेजले करारमा राखेका कर्मचारी आवश्यक नभएकोले उनीहरुलाई रोजगार दिन नसक्ने बताए । उनले भने “ यदि कलेजलाई कर्मचारी आवश्यक भएमा प्रकृया मिलायर पनि आउन सक्छन । ” वार्ता वस्ने बिषयमा उनले आफुहरु जति खेर पनि वार्ता वस्न तयार भएको बताए । अन्य कर्मचारी काममा फर्किन उनले आग्रह गरे । आफुहरुलाई पुर्व सुचना विनानै कुनै व्यक्तिको स्वार्थ पुर्ति हुने आन्दोलन भएको उनको आरोप छ । कलेजमा हाल दैनिक जसो ४ सय जना आउने भए पनि कर्मचारीको कारणले गर्दा हाल उक्त सेवा प्रभावित भएको खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button