बडहरेखोलामा पुल निर्माण सुरु

पोखरा-

शालिकराम करिडोरअन्तर्गत पर्ने बडहरेखोलामा मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ । घिरिङ खण्डको गजरकोट–२ भण्टार र वडा नं ६ को अत्रौलीको सिमानामा रहेको बडहरेखोलामा मोटरेबल पुल निर्माण हुन लागेको हो । सरकारको रु एक करोड १९ लाखको लागतमा निर्माण कार्य सुरु भएको पुल २० मिटर लम्बाइ र पाँच मिटर चौडाइ रहेको छ । निर्माण कम्पनी सन्तोषी नागार्जुन जेभी कन्स्ट्रक्सन प्रालिले २०७४ साल असार मसान्तसम्म काम सक्ने गरी ठेक्का सम्झौता गरी काम सुरु गरेको र अबको चार महिनाभित्र निर्माण कार्य सक्ने ठेकेदार तेजप्रसाद बरालले बताउनुभयो । यहाँ पुल निर्माण भएपछि गल्याङदेखि देवघाटसम्म आवतजावतमा सुविधा पुग्ने समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button