देशलाई विभाजन गर्न खोजियो–एमाले सचिव भट्टराई

पोखरा –

नेकपा एमालेका केन्द्रिय कमिटीका सचिव योगेश भट्टराईले सरकारले संविधान सरकारले शंसोधन प्रस्ताव दर्ता गरेर देशलाई विभाजन गर्न खोजेको आरोप लगाएका छन । पोखरामा स्थानिय निकाय कर्मचारी संघ नेपालले आयोजना गरेको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको शुक्रवार उदघाटन गर्दै सचिव भट्टराईले संविधान संसोधन प्रस्तावले देशलाई र जनतालाई विभाजन गर्ने भएकोले यसलाई यथासिघ्र फिर्ता लिएर निर्वाचनमा जानु पर्ने वताए ।एमालेका प्रवक्ता समेत रहेका युवा नेता भट्टराईले प्रदेश सभा नभइकन संसोधन प्रस्ताव आउन नहुने जिकिर गर्दै सदियौं देखि मिलेर वसेका हिमाल, पहाड र मदेशका जनता विच फाटो ल्याउन सरकार उद्यत रहेको वताए । उनले भने – “जसले संविधान वनाउन हस्ताक्षर गरेका थिए उनीहरु आज त्यसलाई वेवारिसे वनाउन उद्धत छन ।” सरकारले नेपाल र नेपालीको सामथ्र्यलाई थिलो–थिलो बनाउन खोजेको हुनाले संसोधन प्रस्ताव जनविरोधी, राष्ट्रविरोधी र अशैवंधानिक समेत रहेको उनको भनाइ थियो । नेता भट्टराईले सरकारले प्रस्ताव फिर्ता लिएर तिनै तहको निर्वाचन सम्पन्न गर्न ध्यान केन्द्रित गर्न आग्रह गर्दै निर्वाचन पछि मात्रै मुलुकले सामाजिक र आर्थिक रुपमा समृद्धी हुने वताए ।

पहाड र मदेश अलग गराउने नाममा राजनिती प्रदुषित बने पनि खेलकुदले जोड्ने काम गरेको उनको भनाइ थियो । “जब नेपाली टिम राष्ट्रको लागि विदेशमा खेल्छ, त्यो हिमाली, पहाडी र तराइवासी हुँदैन, नेपाली हुन्छ” उनले भने, ‘खेल मात्र एउटा क्षेत्र हो जसले सबैलाई समेटेको छ ।’ खेलकुदले राष्ट्रिय एकतालाई बलियो बनाउने भनाइ उनको छ । हिमालदेखि तराईसम्मका स्थानीय निकायका कर्मचारीबीचको प्रतियोगिता आयोजना गरेर स्थानीय निकाय कर्मचारी संघले सह्रानीय कार्य गरेको भन्दै प्रशंसा गरे । उनले जाती जनजाती विचको भावनालाई जोडदै मुलुकलाई समृद्ध तर्फ उन्मुख बनाउने पर्ने कुरामा समेत जोड दिए स्थानीय निकाय कर्मचारी संघका केन्द्रीय सदस्य छवि शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय निकाय कर्मचारी संघ नेपालका अध्यक्ष हरिकुमार श्रेष्ठ, उपाध्यक्ष नारायण शर्मा, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, पोखरा उपमानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगाना, प्रतियोगिताका सहसंयोजक धु्रव भट्टराई लगायतकाले बोलेका थिए ।

स्थानिय निकाय कर्मचारी संघ नेपाल, कास्की र पोखरा उपमहानगर पालिका द्वारा आयोजित प्रतियोगितामा देशभरीका ९४ जना पुरुष खेलाडीहरुको सहभागिता रहेको छ । जसमा ६२ जनाले डवल्स र ३२ जनाले सिंगल्स तर्फ प्रतिष्पर्धा गर्ने छन । प्रतियोगितामा सिंगल्स तर्फ विजयी खेलाडी प्रथम हुनेले २५ हजार र दोश्रोले नगद १५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछा भने डवल्स तर्फ क्रमशः ५० र २५ हजार पाउने छन । प्रतियोगिता पुष ३ गते सम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button