जलेश्वरमा मेला सञ्चालन गरिने

पोखरा-

जलेश्वर उद्योग वाणिज्य सङ्घ महोत्तरीको प्रतिनिधिमण्डलले शुक्रबार पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखरामा सञ्चालित व्यापार मेलाको अवलोकन गरेको छ । जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृपाशङ्कर साह नेतृत्वको प्रतिनिधिमण्डलले पोखरा उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित व्यापार मेला एवम् सङ्घका गतिविधिबारे जानकारी लिएको थियो । प्रतिनिधिमण्डलको सम्मानमा आयोजित छलफल एवम् अन्तक्र्रिया कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुले निजी क्षेत्रमाथि आइपर्ने समस्याको मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घ, उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कील नेपालको निजी क्षेत्रले आर्थिक समृद्धिका लागि खेलेको भूमिकाबारे चर्चा गर्नुभयो ।

प्रतिनिधिमण्डलका नेता साहले उद्योग वाणिज्य सङ्घले पनि आउँदा दिनमा मेला आयोजना गर्ने सोच बनाएको जानकारी दिनुभयो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घ, वाणिज्यतर्फका उपाध्यक्ष विन्दु सुवेदी, उपमहासचिव अर्जुन पोखरेललगायतले व्यावसायिक हकहितका अलावा दुई उद्योग वाणिज्य सङ्घबीच सम्बन्ध विस्तारका लागि आगामी दिनमा सम्पर्क र सहकार्य बढाइने जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button