भण्डारी गुल्मेली समाज पोखराको अध्यक्ष

  • पोखरा न्यूज
  • २०७३ पौष २
भण्डारी गुल्मेली समाज पोखराको अध्यक्ष

पोखरा –
लक्ष्मण भण्डारी गुल्मेली समाज पोखरा कास्कीको अध्यक्षमा निर्वाचित भएका छन । शनिवार पोखराको शान्ति वनवाटिकामा सम्पन्न समाजको साधारण सभा तथा अधिवेशनले भण्डारी २ बर्षको कार्यभार सम्हाल्ने गरी अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन ।

त्यसै गरी समाजको वरिष्ठ उपाध्यक्षमा नेत्र ज्ञवाली, उपाध्यक्षमा भानुभक्त भण्डारी, सचिवमा नारायण न्यौपाने, कोषाध्यक्षमा रुकमाङगत पोखरेल र सहकोषाध्यक्षमा डिल्लीराज पाण्डे चयन भएका छन । त्यस्तै सदस्यहरुमा सुभद्रा ज्ञवाली, सिता सुनार, चेत बहादुर घर्ती, कृष्ण ज्ञवाली, प्रकाश पुन, प्रकाश ज्ञवाली, शेखर ज्ञवाली, शंकर कंडेल, रेशम राज ज्ञवाली, विष्णु बहादुर बिक, डिल्लीराज पौडेल, र लक्ष्मी पोख्रेल चयन भएको कमल न्यौपानेले बताए ।

यस अघि उत्त बार्षिक साधारण सभाको उद्घाटन गर्दै गुल्मी क्षेत्र नम्बर २ का साम्सद चन्द्र भण्डारीले नेपाली राजनीतिकमा उमेर पाकालाई सधै जसो अवसर दिने संस्कारको अन्त्य हुनु पर्नेमा जोड दिए । समाजका अध्यक्ष शिव थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सल्लाहकार बालकृष्ण काउसा मगर, युवा संघका नेता हिमाल श्रेष्ठ लगायतले वोलेका थिए । शनिबार समाजले वनभोज तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस