पोखरा-
सहारा युकेको अध्यक्षमा मिन वहादुर गुरुङ्ग (साइला) चयन भएका छन । सहारा क्लव युकेको हालै सम्पन्न भेलाले मिन बहादुर सहित १८ सदस्यिय कार्य समिती चयन गरेको हो । सहारा क्लवका सल्लाहाकार रहेका महेश गुरुङ्गको संयोजकत्वमा गठित निर्वाचन समितीले नयाँ कार्यसमिती चयन गरेको हो । युकेमा बसेर कर्म थलो बनाउँदै आएका नेपालीहरुले सहारा युके गठन गरि पोखराको सहारा क्लवलाई सहयोग पुर्याउँदै आएका छन । नव निर्वाचित कार्य समितीलाई जेष्ठ सम्मानित नागरिक ले. जस बहादुर गुरुङ्गले खादा लगाएर सम्मान गरेका थिए ।
निर्वाचित कार्यसमितीको उपाध्यक्षमा कुमार गुरूङ, र सहारा एफसिका अध्यक्ष ले. कुसाङ गुरूङ्ग रहेका छन भने महासचिबमा कृष्ण गुरूङ र सचिबमा ओम गुरूङ, कोषाध्यक्षमा नारायण गुरूङ, सहकोषाध्यक्षमा सरद गुरूङ र सदस्यमा धनु थकालि, मनोज गुरूङ किशोर गुरूङ, नवल गुरूङ, सजिंब गुरूङ, योगेश गुरूङ, प्रकाश गुरूङ, मिलन गुरूङ, बाचस्पति रेग्मी, दिपक गुरूङ र टीका गुरूङ रहेका छन । नव निर्वाचित कार्यसमितीलाई निवर्तमान अध्यक्ष दिलिप गुरुङ्गले सफलताको शुभकामना दिएका थिए । सन २००८ मा स्थापन भएको सहारा युकेको हरेका दुई वर्षमा निर्वाचन हुने गरेको छ । सहारा युकेको संस्थापक नविन गुरुङ्ग हुन ।





