
पोखरा-
लमजुङ, भोर्लेटारको ईशानेश्वर क्याम्पसलाई आर्थिक हिसावले मजबुत पार्न पोखरामा पनि सहयोगि दाताहरुको खोजि भएको छ । क्याम्पसलाई आर्थिक रुपमा मजबुत पार्न आउदो माघ १६ देखि २३ गतेसम्म ईशानेश्वर क्याम्पस धार्मिक तथा शैक्षिक महोत्सव एवं श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ २०७३ हुने भए पछि त्यसको प्रचार सहित सहयोगि दाताको खोजि अभियान अन्र्तगत आफुहरु पोखरामा पनि आएको क्याम्पस संचालक समितिका अध्यक्ष प्रेमलाल श्रेष्ठले बताए ।
विहिबार पोखराको टप्स उच्च माविमा भएकोमा पत्रकार सम्मेलनमा क्याम्पसका सम्पुर्ण शैक्षिक क्रियाकलापलाई गुणस्तर सुनिस्चितता प्रत्यायन (क्युएए) तर्फ उन्मुख गराउन र क्याम्पसमा दिगो आयश्रोत नभएकोले आर्थिक हिसावले मजबुत पार्न सहयोगि दाताको खोजि गर्दै छिमेकी जिल्ला कास्कीमा आएको अध्यक्ष श्रेष्ठले बताए । कास्की पछि नारायणगढ, काठमाण्डौं लगायतको क्षेत्रमा प्रचार गर्दै पत्रकार सम्मेलन समेत गर्ने उनले जनाए ।
क्याम्पसमा भौतिक संरचनाका हिसावले हाल प्रयाप्त मात्रमा भए पनि क्याम्पसमा कार्यरत प्राध्यापकहरुलाई समयमै तलव खुवाउन मुस्कील परेकोले क्याम्पसमा देखिएको आर्थिक समस्यालाई दिगो रुपमा समाधानको लागि महायज्ञ आयोजना गरी ३ करोड संकलन गर्ने लक्ष्यका साथ आफुहरु महायज्ञको अभियानमा लागेको श्रेष्ठले जनाए ।
क्याम्पसमा शिक्षा र व्यवस्थापन संकायमा १ सय ६५ जना रहेका छन भने शिक्षक कर्मचारी १८ जना रहेको क्याम्पसमा प्राध्यापकहरुलाई समयमै तलव खुवाउन कठिन भएको श्रेष्ठले जनाए । लमजुङको दोश्रो सामुदायिक उक्त क्याम्पसमा अध्ययनरत प्रति बिद्यार्थी मासिक शुल्क हाल ७ सय रुपैया लिने गर्दा पनि क्याम्पसको आर्थिक भार थेग्न नसकेको क्याम्पस प्रमुख नविन पौडेलले बताए । क्याम्पसमा शिक्षा सम्बन्धि गोष्ठी तथा शैक्षिक सामाग्रिहरुको प्रदर्शनी सहित महायज्ञ हुने भए पछि आफुहरु जिल्ला दौडाहमा मात्र नलागी विदेशमा रहेका पुर्व बिद्यार्थीहरुबाट समेत सहयोग संकलन गर्ने अभियानमा लागेको पौडेलले जनाए । ५० प्रतिशत घटिमा पुर्णकालिन शिक्षकहरु बनाउने, आर्थिक हिसावले मजबुत पारी भौतिक रुपमा समेत सम्पन्न गराउन आफुहरु लागि परेको उनले जनाए । भागवत भाष्कर युवा पण्डित कमल नयन गौतमले उक्त महायज्ञमा प्रमुख वाचकको रुपमा रहने भएको सदस्य श्रीभद्र रेग्मीले बताए ।






campus chief ko naam pharak parryo. ramesh chandra ghimire hunu parne. । लमजुङको दोश्रो सामुदायिक उक्त क्याम्पसमा अध्ययनरत प्रति बिद्यार्थी मासिक शुल्क हाल ७ सय रुपैया लिने गर्दा पनि क्याम्पसको आर्थिक भार थेग्न नसकेको क्याम्पस प्रमुख नविन पौडेलले बताए ।