मुसहरको मुहारमा मुस्कान ल्याउन ४० लाख सहयोग

धुर्मुस सुन्तलीलाई मुसहर बस्ती बनाउन एकै जनाले दिए ४० लाख
धुर्मुस सुन्तलीलाई ४० लाख रुपैँया सहयोग

तेश्रो एकिकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ४० लाख रुपैँया सहयोग प्राप्त भएको छ ।

प्रकाश कोइरालाको लुरेन्स कन्ट्रक्टीङ एण्ड जेनेरल क्लीनीङ कम्पनीको तर्फबाट एकिकृत नमूना मुसहर बस्ती निर्माणका उक्त सहयोग प्राप्त भएको हो । आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर धुर्मुस सुन्तलीलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । नेफ्टा अवार्डमा सहभागी हुन हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे दुबई आउने खबर पाएकाले सहयोग हस्तान्तरणका लागि आफु आएको उनले बताएका छन् ।

उनले भने, ‘धुर्मुस सुन्तलीलाई यस अघि गरेको सहयोग खेर गएन त्यसैले तेश्रो बस्ती निर्माणका लागि ५ वटा घरको लागत बराबरको रकम हस्तान्तरण कतारबाट दुबई आइपुगेको हुँ ।’ उनले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ६ लाख रुपैँया नगद र ३ लाख ३५ हजार बराबरको निर्माण सुरक्षा सामग्री सहयोग गरेका थिए । आफुले सहयोग गर्न चाहेको व्यक्तिले राहात महसुस गर्ने गरी फाउण्डेशनले काम गरेर देखाएको हुनाले आफुले सकेको सहयोग गरेको उनको भनाई छ ।

काम गरेर देखाउनेलाई सहयोग गरे एउटा एउटा गरेर थुप्रै बस्ती निर्माण हुने निश्चित रहेको भन्दै उनले सकेको सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । यस्तै, फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले अवार्ड थाप्न विदेश पुग्दा पाएको सहयोगले आफुलाई निकै प्रफुल्लीत तुल्याएको बताएका छन् । देश तथा विदेशमा बस्ने र नेपालको भलो चिताउने सबैले विकास चाहेका छन्, त्यो परिर्वतनको महसुस दिलाउन आफुहरु कटिबद्ध भएर लाग्ने उनको दृढता छ । मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको बस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न सहयोगी हातको जरुरी रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् ।

हामीले आँट गरेका छौँ, सहयोगी हातहरुको साथले हाम्रो पाइला अघि बढाउन मद्धत गर्ने छन्, त्यसैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्न उनले अपिल गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button