पोखरा-
पर्यटकीय नगरी पोखराको लेकसाइड स्थित गौरीघाटमा सुविधा सम्पन्न होटल रानीवन आर्केड शुक्रबार देखि सञ्चालनमा आएको छ । युवा पर्यटन व्यवसायी हरि भुजेल र उनका परिवारले यो होटल सञ्चालनमा ल्याएका हुन् ।
करिब २० करोड रुपैयाँ लगानीको उक्त होटललाई भुजेलका वुवा भिमसेन भुजेलले एक भव्य समारोहका विच दिप प्रज्वलन गरि उदघाटन गरे । सो अवसरमा होटलका प्रवन्ध निर्देशक कुश भुजेलले होटल रानीवन आर्केड केवल एक व्यवसायिक होटल मात्र नभएर इको टुरिजमको संरक्षणका लागि कार्य गर्ने वताए । कुशले भने “हाम्रो परिवार तिन पुस्ता देखि पर्यटन व्यवसायमा संल्गन छ जसको मेहनतको फल रानीवन आर्केड हो ।” सो अवसरमा भारत बाट ल्याइएका मस्कली जातका शान्तीका प्रतिक परेवा समेत उडाइएको थियो ।
सास्कृतिक कार्यक्रम सहित हिमाल आरोही तथा अभिनेत्री निशा अधिकारीको कार्यक्रम संचालनले आर्कषित पारेको समारोहमा विभिन्न र्सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
होटलमा ६० वटा सुविधा सम्पन्न कोठा छन् । २४ वटा सुपर, २० वटा डिलक्स, १४ वटा सुपर डिलक्स र २ वटा जुनियर सुइट कोठा रहेको हरी भुजेलले जानकारी दिए । यो होटलको प्रमुख विशेषता भनेको नै सबै कोठाबाट पोखराको मुख्य आकर्षण मानिने फेवा ताल, शान्ति स्तुप, रानीवन वरपरको हरियाली जंगलको दृश्यले सवैको मन लोभ्याउने भुजेलको भनाइ छ । उनले भने – “सवै कोठाबाट माछापुच्छे« र अन्नपुर्ण हिमाल देखिने भएकोले पर्यटकको मन पक्कै लोभिन्छ ।”
होटलको चौथो तलामा बनाइएको ‘माया गार्डेन’ अर्थात रुफटप गार्डेन होटलको अर्को विशेषता हो । भिआइपी लन्ज सहित एक सय जना क्षमताको सभाहल रानीवन आर्केडको अर्को महत्वपुर्ण विशेषता हो । भुजेलले भने “हामीले आधुनिकता संगै वातावरण मैत्री र अपांग मैत्री दुवै कुरालाई एक दमै महत्व दिएका छौ ।”
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution