पोखरामा कल बाईपास गर्ने पक्राउ

पोखरा-

पोखरामा कल वाइपास भोआइपी संचालन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम जाङ गा.बि.स.बडा नं ०९ घर भई हाल जिल्ला कास्की पोखरा उमनपा.बडा नं ११ तुल्सीमार्ग बस्ने शिवचन्द्र रोक्कालाई पक्राउ गरको जिल्ला प्रहरी कास्कीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार रोक्का लाई केन्द्रिय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय कास्कीको सयुक्त टोलीले कल बाईपास गर्दै गरेको अबस्थामा कल बाईपास गर्न प्रयोग गरिने बिभिन्न उपकरणहरु सहित उनको डेरा बाट पक्राउ गरिएको जनाइएको छ । रोक्का लाई पुष ९ गते नै पक्राउ गरिएको भएपनि प्रहरीले तिन दिन पछि मात्र पक्राउ गरिएको जानकारी दिएको छ । उनलाई कल वाइपास मुद्धामा जिल्ला अदालत बाट म्याद थप गरि हाल थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button