फागुन ५ गते देखि पोखरामा ‘क्यान इन्फोटेकसंगै मोबाइल एक्स्पो’ हुने

पोखरा-

कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्की शाखाको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको सहआयोजनामा आठौं संस्करणको ‘क्यान इन्फोटेकसंगै मोबाइल एक्स्पो’ मेला आगामी फागुन ५ गते देखि पोखरामा हुने भएको छ ।

सूचना, प्रविधि तथा संचार क्षेत्रमा नेपालमा भित्रिएका नविनतम प्रविधिहरुका बारेमा जानकारी गराई सूचना तथा प्रविधिको विकासमा योगदान पु¥याउने लक्ष्यले उक्त मेला फागुन ५ देखि ८ गतेसम्म पोखराको नयाँबजारको प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको क्यान कास्की शाखाका अध्यक्ष चिन्तामणि बास्तोलाले मंगबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन । इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटि कन्फरेन्स, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, इन्फोटेक अवधिभर आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा मोबाइलको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानियस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी गरिने भएको उनले जनाए ।

इन्फोटेकमा सूचना, प्रविधि तथा संचार सम्बन्धी करिब १ सय १५ वटा स्टलहरु रहने इन्फोटेकको करिब १ लाख दर्शकले अवलोकन गर्ने आयोजकले लक्ष्य राखेको छ । इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने भएको जगन बहादुर गुरुङले बताए । कास्की शाखाका अध्यक्ष चिन्तामणि बास्तोलाको संयोजकत्वमा २९ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।

मुल आयोजक समिति संयोजक ः चिन्तामणि बास्तोला , मुल्याङ्कन उप–समिति संयोजक ः जगन हादुर गुरुङ, अतिथि सत्कार व्यवस्थापन उप–समिति संयोजक ः गुणानिधि पाण्डे,स्थानिय स्पोन्सर व्यवस्थापन उप–समिति संयोजक ः राजेन्द्र कुमार श्रेष्ठ, उद्घाटन÷समापन व्यवस्थापन उप–समिति संयोजक ः चण्डी प्रसाद अर्याल, स्टल व्यवस्थापन उप–समिति संयोजक ः युवराज पौडेल, सुचना व्यवस्थापन उप–समिति संयोजक ः रुक्मागत भण्डारी, अर्थ व्यवस्थापन उप–समिति संयोजक ः कृष्णराज पोखरेल, सचिवालय व्यवस्थापन उप–समिति संयोजक ः विकास भुर्तेल, विद्युत् व्यवस्थापन उप–समिति संयोजक ः एक नारायण चपागाई, स्टेज व्यवस्थापन उप–समिति संयोजक ः तिर्थराज सुवेदी, स्टल निर्माण व्यवस्थापन उप–समिति संयोजक ः राजेन्द्र शर्मा, सेमिनार व्यवस्थापन उप–समिति संयोजक ः पुरुषोत्तम कुँवर, टिकट व्यवस्थापन उप–समिति संयोजक ः ईश्वरराज चालिसे रहेका छन । त्यसै गरी निमन्त्रणा व्यवस्थापन उप–समिति संयोजक ः सेवक क्षितिज, अतिरिक्त क्रियाकलाप व्यवस्थापन उप–समिति संयोजक ः कुलचन्द्र शर्मा, छपाई व्यवस्थापन उप–समिति संयोजक ः मोहनलाल श्रेष्ठ,टिकट स्पोन्सर व्यवस्थापन उप–समिति संयोजक ः राजेन्द्र तिवारी, सुरक्षा व्यवस्थापन उप–समिति संयोजक ः मातृका पोखरेल, स्पोन्सर व्यवस्थापन उप–समिति संयोजक ः पुरुषोत्तम कुँवर, प्रचार–प्रसार व्यवस्थापन उप–समिति संयोजक ः सुरेश सापकोटा, मिडिया व्यवस्थापन उप–समिति संयोजक ः शुरेन्द्र पौडेल, खानेपानी तथा सरसफाई व्यवस्थापन उप–समिति संयोजक ः घननाथ सापकोटा, बिमा व्यवस्थापन उप–समिति संयोजक ः तारा पराजुली, स्वास्थ्य व्यवस्थापन उप–समिति संयोजक ः विश्व पौडेल, टाईपिङ व्यवस्थापन उप–समिति संयोजक ः महेन्द्र भुर्तेल, हाजिरी जवाफ प्रतियोगिता व्यवस्थापन उप–समिति संयोजक ः ईश्वरराज चालिसे, पुरस्कार व्यवस्थापन उप–समिति संयोजक ः लक्ष्मी क्षेत्री पाण्डे, मायाको चिनो व्यवस्थापन उप–समिति संयोजक ः विश्व प्रधान, कम्प्युटर÷मोबाईल मर्मत शिबिर व्यवस्थापन उप–समिति संयोजक ः पोष बहादुर भुजेल रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button