
पोखरा-
पोखरेलि नव-प्रतिभावान मोडल हुन् अनिल अधिकारी । ५ फिट १० इन्च अग्ला २१ वर्षीय अनिल पोखराको हेमजाका स्थायी बासिन्दा हुन् ।
स्नातक तेस्रो बर्षमा अध्ययनरत अनिल यतिबेला नृत्यको समेत प्रशिक्षण लिइरहेका छन। यसै वर्ष सम्पन मिस्टर एण्ड मिस हेमजा २०७३ मा मिस्टर हेम्जा र मिस्टर एण्ड मिस आडेन्ट पोखरा सिजन २ मा मिस्टर आडेन्ट पोखरा को उपाधी हात परेका थिए । त्यसैगरी सब टाइटल तर्फ मोस्ट कन्फिडेन्ट आफ्नो नाममा परेका थिए । सानै देखि मोडलिङ क्षेत्रमा रुचि राख्ने अनिल यात्रा गर्न पनि उत्तिकै रुचाउछन । मोहन अधिकारीद्वारा निर्देशित नयाँ म्युजिक भिडियो वाट उनि बजारमा आउदैछन भने दुइ वटा म्युजिक भिडियो छायांकनको क्रममा रहेका छन् । पोखरावाट स्थापित हुदै भविष्यमा सुपरमोडल बन्ने लक्ष्य लिएका अनिल ठुलो पर्दाको चलचित्रमा छाउने लक्ष्य रहेको बताउछन ।

फुर्सद समयमा नृत्य गर्न रुचाउने अनिल विकइन्डमा साथीहरूसँग घुमघाम गर्ने गर्दछन्। प्रेम तथा विवाहका बारेमा अहिलेसम्म केही नसोचेको बताउँने अनिल साथीहरूको ब्रेकअप देखेरै प्रेम भन्ने शब्दबाट वाक्क भएको बताउछन् । अनिल भन्छन — ‘करियर फस्ट भन्ने मान्यतामा अघि बढेकाले पनि अरू कुरामा ध्यान दिन्नँ ।’
अनिललाइ फेसबुक टुइटर तथा इन्स्ट्राग्राममा समेत अनिल नामवाटै फेला पार्न सकिन्छ ।
तस्बिर – सुरेश सुनार





