दुई समितिको विवादले केहि समय पोखराका यात्रुलाइ सहुलियत
पोखरा-
दुई समितिको विवादले गर्दा केहि समयको लागि पोखरा क्षेत्रका यात्रुहरुले सहुलियत दरमा यात्रा गर्न पाउने भएका छन । पोखरा वस व्यवसायी समिति र पृथ्बीराजराजमार्ग वस संचालक समितिको विवादले गर्दा पोखराका यात्रुहरुले केहि समयको लागि सहुलियत दर पृथ्बीको गाडी चढ्दा मात्र १० रुपैयाले यात्रा गर्न पाउने भएका हुन । पोखरा क्षेत्रमा एक पटक चढे १० रुपैया मात्र भाडा दरमा केहि महिनाको लागि यो सेवा दिने भएको पृथ्बीराजमार्ग वस संचालक समितिका महासचिव योगेन्द्र केसीले बताए ।
उनले भने “पृथ्बीको बस पोखरामा चढ, १० रुपैया तिरेर झर, हाम्रो निति यो हो, केहि समय पछि भाडा दर संसोधन भए पनि न्युनतम १० रुपैया भन्दा बढी शुल्क हुदैन ।” पोखरामा हाल एक पटक माईक्रो वस चढ्ने वित्तिकै १३ रुपैया लाग्ने गर्दछ । पोखरामा केहि समय अघि विन्ध्यवासीनी वस व्यवसायी समितिले करीब ३४ वटा वस संचालनमा ल्याएको छ । पोखरा वसले करीब २ सय ४० भन्दा बढी वस सेवा संचालनमा ल्याएको छ भने पुनः पृथ्बीले यहाँ वस थप्दा पोखराको मुख्य चोकहरुमा ट्राफिक जाम हुने पोखरेलीहरुले गुनासो गरेका छन ।
पृथ्बीराजमार्ग वस संचालक समितिले पोखरा क्षेत्रलाई मात्र लक्षित आज बुधबार देखि ४० वटा गाडीहरु संचालनमा ल्याएको छ । पोखरा वस व्यबसायी समितिले आफ्नो रुटमा सहमति विना गाडीहरु संचालन गरेको बिरोधमा आफुहरुले बाध्य भएर पोखरा क्षेत्रमा ४० वटा हाईस तथा दुई सापटे डिलक्स गाडीहरु बुधबार देखि संचालनमा ल्याएको पृथ्बीराजमार्ग वस संचालक समितिका महासचिव योगेन्द्र केसीले बताए । आफुहरुले विगत १५ बर्ष देखि हेम्जाको फेदी हुदै पोखरासम्म सेवा दिदै आएको समयमा एकाएक सहमति विना पोखरा वस व्यवसायी समितिले फेदी हुदै पोखरा सम्मको रुटमा वसहरु संचालन गरेकोले त्यसको बिरोधमा आफुहरुले पोखरा क्षेत्रमा लक्षित गरी गाडीहरु संचालनमा ल्याएको उनले जनाए ।
पहिलो चरणमा काठमाण्डौं पोखरा संचालन भएका गाडीहरु पोखरा क्षेत्रमा संचालन गरेको केसीले जनाए । पोखरा हुदै पोखरासंग जोडिएका ग्रामिण क्षेत्रमा हाल संचालन भएका वसहरु भन्दा स्तरीय सेवा दिने उनले बताए । उनले भने “ भिक्ताको जवाफ पत्थरले दिन्छ भने झै हामीले सेिवा दिई रहेको स्थानमा हामीसंग समन्वय नै नगरी वस सेवा संचालन गर्दा हामी पनि के कम हामीसंग भएका १३ सय गाडीहरु मध्य दैनिक ४ सय २४ मात्र संचालन हुन्छ भने अब ती गाडीहरु संचालन गर्न हामीलाइ कुनै अप्ठ्यारो पर्दैन यो बाध्यता पनि हो । ” आफुहरुले एक सय वटा सम्म गाडीहरु पोखरा क्षेत्रलाइ लक्षित गरी संचालन गर्ने तयारी भएको महासचिव केसीले जनाए ।
यता, पोखरा वस व्यवसायी समितिका महासचिव अमृत तिमिल्सिनाले हेम्जा गाविस पोखरामा गाभिएकोले त्यस क्षेत्रमा आफुहरुले स्थानीयको माग अनुसार सेवा दिन सुरु गरेको जनाए । उनले भने “ पृथ्बीराजमार्गले राजमार्गलाई लक्षित गरी सेवा संचालन गर्ने सहमति विपरित केहि समय अघि काँडे हुदै पोखरा सम्म वस सेवा संचालन गर्दा पनि हामी चुप लागेर वसेका थियौं तर स्थानीयको माग र पोखरा नगरभित्र परेकोले सो क्षेत्रमा हामीले वस सेवा संचालन गरेका हौं । ”





