
[quote]वोझ नहोस् मेरो माया वाधा पनि नहोस् भन्छु
जुन दिन मनले पराई ठान्छ हासी हासी छुटौं भन्छु[/quote]
जुन दिन मनले पराई ठान्छ हासी हासी छुटौं भन्छु[/quote]
वरिष्ठ गीतकार दिनेश अधिकारीको शव्द र कर्ण्प्रिय स्वरका धनि गायक कर्णदासको स्वरर संगीतमा रहेको ’वोझ नहोस् मेरो माया……वोलको गीतको भिडियो भर्खरै म्यूजिक नेपालको युट्यूव च्यानल वाट सार्वजनिक भएको छ।
विनोद केसीको छायाङ्कन,सुरेश राउतको सम्पादन,भानु वरालको निर्देशन र भानु वराल,उमेश खड्का र अम्विका प्रधानको अभिनय रहेको उक्त भिडियो अष्ट्रेलियाका विभिन्न स्थानमा नेपासेल नामक संस्थाको सहयोगमा छायाङ्कन गरिएको छ। यदि प्रेमी प्रेमिका या श्रीमान् श्रीमती विभिन्न कारणले एक आपसमा मिलेर वस्न या विछोडिने अवस्था आयो भने पनि पछि सम्म साथीको सम्वन्ध रहने तरिकाले हासी खुशी छुट्न सक्नुपर्छ भन्ने भाव गीतमा दर्शाइएको छ ।





