पोखरा सडक महोत्सवमा बिहिवार दर्शकको भिड – वोट रेस र वेटर रेस सम्पन्न

पोखरा-

पोखरामा बुधबार देखि शुरु भएको १८ औं पोखरा सडक महोत्सवमा बिहिवार दर्शकको भिडनै लागेको छ ।

विहिबार दिउसो महोत्सब स्थल कोमागाने पार्कमा  राजु परियार,नविन पौडेल, प्रिती आले, जीवन दाहाल, शंकर विरही गुरुङ्, दुर्गा सापकोटा, शिवहरी ढुङ्गाना, टेक क्षेत्री लगायतका कलाकारहरुको प्रस्तुतिमा दर्शकहरु रमाएका थिए । दिउँसो पोखरेली माग्ने बुढा र धुर्मुसको  हाँस्य प्रस्तुति, लोक नृत्य प्रतियोगिता तथा रत्यौली प्रतियोगिता वाट दर्शकले भरपुर मनोरन्जन लिएका थिए ।  बिहिबार राति रबिन एण्ड द न्यू रिभोलुसनको पप कन्सर्ट हेर्नका लागी कोमागाने पार्कमा भिड लागेको छ ।

बिहिबारै महोत्सवका अवसर आयोजित बोट रेस प्रतियोगिता आयोजना गरिएको थियो ।  ८ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा बाराही घाट ‘ए’ प्रथम, बाराहीघाट ‘बि’ द्धितिय र  स्विमिङ्गपुल ए तृतीय भएका छन् ।  प्रतियागितामा प्रथम हुनेलाई नगद १० हजार, द्धितियलाई ६ हजार र तृतीयलाई नगद ४ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

यसैगरी बिहिबारै महोत्सवका अवसर आयोजित महिलातर्फको वेटर रेसमा माइक रेष्टुरेण्टका जोसना गमल प्रथम, ल्याण्डमार्कका गिता तामाङ्ग द्धितिय तथा माया पबका बबिता परियार तृतीय भइन् । पुरुषतर्फ भने  प्याराडाइड रेष्टुरेण्टका रामलाल परियार प्रथम, क्विन फरेष्ट रेष्ट्रो एण्ड बारका सुरज रानाभाट द्धितिय तथा क्विन फरेष्ट रेष्ट्रो एण्ड बारकै नरेन्द्र भूमी तृतीय भए । उनीहरुले क्रमश नगद ५, ३ र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

महोत्सवमा  शुक्रबार लोकदोहोरी तर्फ रामजी खाँड, कृष्ण देवकोटा, तारापति सुवेदी, जीवन दाहाल, सरला पाण्डे, शंकर विरही गुरुङ्ग, शिवहरी ढुङ्गाना, प्रेमराज अधिकारी र लक्ष्मी नेपाली रहेका छन् । त्यसैगरि रत्यौली प्रतियोगिता जारी रहने छ भने खासखुसि युनिट दर्शक हसाउने आउनेछन् । लाइभ व्याण्डबा सबिन राई काठमाण्डौको हटपच तथा स्थानिय व्याण्डहरुको प्रदर्शनी रहने लाईव व्याण्ड संयोजक बैभव पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button