
डीएनबी,
पोखरा-
पोखरा सडक महोत्सब अवलोकन गर्न आएका पर्यटकसंग केहि वसहरुले मनपरी भाडा असुलेका छन् । सडक महोत्सबको मुख्य दिन ३१ डिसेम्बरको राति बसले मनपरी भाडा लिदा पर्यटक मर्कामा परेका हुन् ।
पोखरा वस व्यवसायी समितिद्धारा संचालीत केहि वसहरुले २० देखि २५ रुपैया सम्म भाडादर तोकिएको क्षेत्रमा प्रति व्यक्ति एक सय रुपैया सम्म भाडा उठाएपछि उनीहरु ठगिएका हुन् । यस अघि समितिले सडक महोत्सवमा आउने पर्यटकहरुलाई रातिको समयमा पनि दिउसोकै भाडा दरमा सेवा दिने बताएकोमा महोत्सबको चौथो दिन शनिबार राति भाडा मनपरी हिसाबले लिएको यात्रुहरुले गुनासो गरेका छन । शनिबार पोखरा सडक महोत्सवलाई मात्र लक्षित गरी ५० भन्दा बढी माईक्रो वस संचालनमा आएको समितिले जनाएको छ ।
शनिबार राति ११ बजे पोखरा नदीपुरका असोक थापा, सन्दिप सापकोटा र राम तीन जना लेकसाईडबाट माइक्रो वस चढी नदीपुरमा झर्दा एक÷एक सयको दरले भाडा तिर्नुपरेको असोक थापाले पोखरान्युज डटकम संग गुनासो गरे । उनले भने “ बसले हामीहरुलाई ठगेको थाहा हुदाहुदै पनि रातिको समय भएकोले चुप लागेर तीन जनाको तीन सय रुपैया दियौं, कहाँ कसलाई उजुरी गर्ने थाहा पनि भएन । ” बसले आफुहरुसंग मात्र नभई सबै यात्रुहरुसंग त्यसरीनै भाडा उठाएको पनि उनले बताए ।
यसरी शनिबार महोत्सब हेर्न पुगेका सम्भवत हजारौं यात्रु ठगिदा समेत यस बिषयमा सरोकार राख्ने निकायलाई यस बिषयमा कुनै जानकारी नै छैन । यात्रु ठगिएको बिषयमा बस समिति र रेवान पोखराका पदाधिकारी कुनै जानकारी नभएको बताउछन । पोखरा बस समितिका बरिष्ठ उपाध्यक्ष क्षेत्रबहादुर राना र सडक महोत्सवका पार्किङ तथा यातयात व्यातयात व्याबस्थापन समितिका संयोजक चिरन्जिवी पोखरेलले वसहरुले यात्रु ठगेको आफुलाइ कुनै जानकारी नआएको दाबी गरे । रानाले पोखरान्युज डटकम संग भने “यदी कोहि ठगिएको भए जानकारी गराउनु होला हामी उनीहरुलाई कारबाही गर्नेछौं ।” पोखरेलले यात्रु ठगिने बिषय सामान्य हैन भन्दै यदि त्यस्तो भएको भए उनीहरु उपर कारवाही हुनु पर्ने उनले जनाए । हामीले समितिलाई रात्रीकालीन वससेवा संचालन गर्दा रातिको समयमा एक दुई रुपैया खुद्रा नभए ठिकै छ भन्ने गरी मात्र सहमति जनाएको बताउदै दिउसोकै मुल्य कायम गर्ने कुरा भएको जनाए ।
अग्रेंजी नयाँ बर्षको अवसरमा शनिबार मात्र करीब एक लाखको हाराहारीमा आन्तरीक पर्यटकहरु महोत्सवमा सहभागि भएको आयोजक रेवान पोखराका महासचिव विश्वराज पौडेलले बताए । लेकसाईडबाट महेन्द्रपुलसम्म जानेको ५० त्य भन्दा माथि जानेको एक सय रुपैयासम्म माईक्रोवसले शनिबार राति मन परी ढंगले भाडा अशुलेको यात्रुहरुले गुनासो गरेका छन । माइक्रोवसले राति एक बजेसम्म शनिबार सेवा दिएको थियो । सडक महोत्सव आईतबार सम्पन्न भएको छ ।
तस्बिर – कृष्णमणि बरालको फेसबुकवाट





