पोखरा-
रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँललाई श्रद्धाञ्जाली दिन विभिन्न राजनितिक दलका नेताहरुको समेत घुईचो लागेको छ । नेकपा एमाले अध्यक्ष केपी ओली, झलनाथ खनाल, प्रदिप ज्ञवाली, नेपाली काँग्रेसका अर्जुननरसिंह केसीलगायतका नेता प्रज्ञा भवन पुगेका छन् ।
रंगकर्मी र कलाकारको बाक्लो उपस्थिति रहेको श्रद्धाञ्जली सभामा प्रधामन्त्री पुष्पकमल दाहाल आउने बताइए पनि उपस्थित हुन सकेनन् । नाटकमा अभिनय गर्दा गर्दै निधन बेहोस भएका फुयाँलको विर अस्पतालमा निधन भएको हो । उनको आज नै अन्तिम संस्कार गरिने बताइएको छ ।





