
पोखरा-
नेवा खल कास्कीको आह्वान तथा नेवा मिसा पुच कास्कीको आयोजनामाशनिबार पोखरामाझ्व भ्वय, नेवारी साँस्कृतिक भोज हुने भएको छ । शहरीकरणले निम्त्याएको आधुनिकता संगै मौलिक खाना तथा साँस्कृतिक भोजहरु हराउदै गएकाले नेवारी सभ्यता संग जोडिएको साँस्कृतिक भोज झ्व भ्वय गर्न लागिएको आयोजक नेवा मिसा पुच कास्कीका अध्यक्ष शान्ती उदासले बताए ।
“झ्व भ्वय भन्नाले नेवार समुदायमा परम्परागत रुपमा चल्दै आएकोमौलिक नेवारीखानाको संस्कार नै हो ।”संस्कृतिविद तिर्थ श्रेष्ठले भने “जसमा सहभागी सबै जना लस्करै बसेका हुन्छन, सहभागी मध्य सबैभन्दा पाको ब्यक्तिले खान शुरु गरे पछि खाने र खान सकेर चुठे पछि मात्रै सबैले चुठ्ने चलन हुन्छ ।”गत वर्ष देखि नेवामिसापुचकास्कीले नेवारी साँस्कृतिकभोज झ्व भ्वयगर्दै आएको छ । अघिल्लो बर्ष ११ सय जनाले उक्तकार्यक्रममा सहभागिताजनाएकाथिए । यस बर्ष पनि सोहीअनुपातमाभोजमा सहभागीहुने बिश्वास लिएको नेवाखलः कास्कीका अध्यक्षअशोक पालिखेले बताए । कार्यक्रममाप्रबेशका लागि ७ सय रुपैयाको टिकट तोकिएको छ । कार्यक्रमबाट बचेको रकम नेवारी संस्कार र संस्कृतिको प्रवद्र्धनमागरिने बिभिन्नकार्यक्रमका लागि खर्च गरिने आयोजकले जनाएको छ ।
नेवारी संस्कारमाकुनै पनिकार्यक्रमगर्नु पुर्व बाधाब्यवधाननहोस भन्नका लागि क्षमापुजागर्ने चलन रहेकोले उक्तपुजाकार्यक्रमको अघिल्लो दिन शुक्रबार गरिने आयोजकले जनाएको छ । नेवा छेँ भिमसेन टोलमाहुने कार्यक्रमशनिबार बिहान १० बजे बाट शुरु हुनेछ ।





