
पोखरा-
पोखराको सिमलचौर ८ मा तेस्रो माघे संक्रान्ति मेला हुने भएको छ । सो बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन गरी महोत्सव दुई दिन सम्म सञ्चालन हुने जानकारी गराइयो । पुस २९ र माघ १ गते हुने महोत्सवमा विभिन्न सास्कृतिक कार्यक्रहरु समाबेश गरिएको महोत्सवका संयोजक गणेश बहादुर अधिकारीले जानकारी दिए ।
महोत्सव सम्पन्न गर्न गरिब ६ लाख ५० हजार खर्च लाग्ने र ८ लाख २५ हजार आम्दानी गर्ने लक्ष्य रहेको अर्थ संकलन उपसमिती संयोजक कृष्णमान ठेसाजुले जानकारी दिए । बचत रकम सामाजिक तथा सांस्कृतिक कोषमा खर्च गरिने सचिवालय व्यवस्थापक तथा प्रचार प्रसार उपसमितिका संयोजक बोधराज ढकालले वताए ।
जाल्पादेवी बहुउद्देश्यीय विकास समितिको आयोजनामा हुने मेलामा खिचडी, तरुल, सखर, विभिन्न कन्दमुल, चाकु, खुदो, चिउरा, सेलरोटी, योमरी लगायतका परिकारका साथै लोकदोहोरी, पप, आधुनिक,, पञ्चेबाजा, गाइजात्रा, लाखे नाच र कुमारी नाच लगाएतको आक्रर्षण रहने संयोजक अधिकारीले वताए । स्वस्थानी कथामा उल्लेखित सत्यदेवीको अङ्ग पतन भइ उत्पत्ति भएकी जाल्पादेवीको समेत मन्दिर रहेको सिमलचारै धार्मिक तथा ऐतिहासिक रुपमा पनि महत्वपूर्ण रहेको आयोजकको दावी रहेको छ । महोत्सव सृजना चोक देखि आलुमाइला चोक सम्म करिब ५ सय मिटरमा सञ्चालन हुनेछ ।





