पोखरा-
माघे संक्रान्तिको पूर्वसन्ध्यामा नेपाल मगर संघ कास्कीको आयोजनामा आज पोखरामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । मगर संघ कास्कीको कार्यालयबाट सुरु गरेर लखनचोसम्म सरसफाई गरिएको हो ।
मगर संघको कार्यालय देखि लखनचोकसम्मको सडकको दायाँबाया सरसफाई गरि २० बोरा फोहोर संकलन गरिएको थियो । फोहोर संकलन गरि नगरपालिकाको गाडीमा पठाइएको कार्यक्रम संयोजक तथा नेपाल मगर संघ कास्कीका सचिव यामबहादुर थापा मगरले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ कास्कीका पदाधिकारी, विभिन्न मगर ईकाइ समितिका प्रतिनिधि, जिल्ला समितिका प्रतिनिधि, विद्यार्थी ईकाइ समितिका प्रतिनिधि, सञ्चारकर्मी गरि करिब १ सय जनाको सहभागीता रहेको थियो । कार्यक्रममा चाउथे, रामबजार, छोरेपाटन, ढुङ्गेसाँघु, नयाँबजार, माटेपानी लगायत ईकाई समितिका प्रतिनिधिहरुको सहभागीता रहेको जनाइएको छ ।
कार्यक्रम नेपाल मगर संघ कास्कीका सचिव तथा कार्यक्रम संयोजक यामबहादुर थापा मगरको अध्यक्षतामा भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution