शुक्रबार देखि पोखरामा सातौ पोखरा महोत्सव सुरु

विकास बजेट खर्च हुन नसक्नु ठुलो चुनौती–उपप्रधान तथा अर्थ मन्त्री महरा
डीएनबी,पोखरा –
पर्यटकीय नगरी पोखरामा आज (शुक्रबार) देखि सातौ संस्करणको पोखरा महोत्सव २०७३ सुरु भएको छ ।

युनाइटेड क्लवको आयोजना, शालिमार सिमेन्टको मुख्य प्रायोजन र नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा संचालन भएको महोत्सवको उद्घाटन उप–प्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले गरे । कार्यक्रममा बोल्दै उनले विकास बजेट खर्च हुन नसक्नु हाल ठुलो  चुनौती भएको बताए । ६ महिनाको अवधिमा करीब २ खर्व जसो रकम बैंकहरुमा जम्मा भएको जुन बजेटको कामहरु हुन नसक्दा हाल सरकारलाई चुनौती आएको उनले बताएका हुन । उनले भने “धेरै विकासे योजनाका बजेटहरु समयमै खर्च हुन सकेको छैनन भने काम गर्ने परम्परागत शैलि र नयाँ प्रविधिलाई अपनाउन नसक्नु पनि देखिएको छ । ”

विकासको लागि सरकारसंग पैसा नभएर काम नरोकिएको बताउदै अर्थमन्त्री महराले पैसा भएर पनि त्यसलाई समयमै खर्च गर्ने र नयाँ डंगले काम गर्ने इच्छाशक्ति कमि भएको दाबी गरे । देशमा विकास गर्नको लागि भएको सिमित श्रोतसाधनलाई अधिकतम रुपमा प्रयोग गरी मोडलको रुपमा काम गर्नुपर्ने उनले बताए । विकास गराउन निजी क्षेत्र, स्थानीय सरोकार पक्ष र राज्य बिचको समन्वयमा मात्र सम्भव हुने बताउदै अर्थमन्त्री महराले तीनै पक्षसंगको सहकार्यमा आफुहरुले विकास गराउन चाहेको जनाए । स्थानीय निकायको श्रोतसाधनलाई अधिकरुपमा प्रयोग गरी विकास गराउन संघियता लागु भए पछि बढी प्रयोग हुने जनाउदै उनले २०७४ माघ ७ गते भित्र तीन वटा निकायको निर्वाचन हुने बताए । स्थानीय निकायको निर्वाचन धेरै समय देखि हुन नसक्दा धेरै विकासका कार्यमा प्रभाव पारेको जनाउदै उनले मेला र महोत्सवले देशको आर्थिक गतिविधिलाई चलायमान वनाउदै स्थानीय उत्पादनमा बढ्वा दिएको उल्लेख गरे ।

चिडियाखाना विज्ञ जुद्ध बहादुर गुरुङले पोखरा सांस्कृतिक तथा जैविक विविधताले भरीपुर्ण भएकोले यहाँ पर्यटनको उतिकै सम्भावना भएको जनाए । क्लवको पहलमा लेखनाथमा निमार्ण हुन लागेको चिडियाखाना पोखराको पर्यटनको थप आकषर्ण हुने उनले जनाए । क्लवका अध्यक्ष सुुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सांसद द्धय यज्ञ बहादुर थापा र शारदा पौडेल, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, नेकपा माओबादी केन्द्र कास्कीका अध्यक्ष दिपक कोईराला, क्षत्रिय वन निर्देशनालयका निर्देशक धनन्जय पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, अम्मरसिंह नमुना उच्च माविका बिद्यालय व्यबस्थापन सममितिका अध्यक्ष बयन बहादुर क्षत्री, क्लवका निवर्तमान अध्यक्ष एवं चिडियाखाना संयोजक हिमालय बख्रेल, सालिमारा सिमेन्टका गण्डकी धौलागिरीका प्रोपाईटर दिनेश प्रसाद चौधरी, प्रथम उपाध्यक्ष लालकाजी गुरुङ, सचिव राजु श्रेष्ठ लगायतले वोलेका थिए ।

यस अघि पोखरा रंगशालाबाट झाँकी सहितको ¥याली प्रदर्शन भएको थियो । नेपाल मगर संघ झाकीमा प्रथम भयो । ब्राह््रमकुमारी ईश्वरीय बिश्वबिद्यालय दोश्रो, र बाझा पाटन तमु समान तेश्रो भयो । महिला भेषभुषामा लक्ष्मी टोल आमा समुह प्रथम, जनप्रिय आमा समुह दोश्रो र जलेश्वर आमा समुह तेश्रो भयो । माघ १० सम्म अमरसिंह चौरमा आयोजना हुने महोत्सवमा २ सय २२ स्टल रहेकोे महोत्सव स्टल संयोजक स्टल संयोजक कृष्ण बहादुर थापाले बताए । उनका अनुसार कृषि, लक्ता कपडा, पर्यटन, सोलार, रेष्टुरेण्ट लगायतका स्टलहरु रहेका छन । महोत्सव प्रचार प्रसार संयोजक तथा क्लवका महासचिव राजु श्रेष्ठले यस बर्षको महोत्सवमा पनि का विभिन्न जनावर अवलोकन गर्न पाइने बताए । उनका अनुसार निल गाई, हुचिल, अजीङगर, खरायो, मुसा लगायतका जनावर महोत्सवमा उपलब्ध गराईने भएको छ ।

महोत्सव सम्पन्न गर्न महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवसायीक संघ सस्थाहरुको सेवा बारे जानकारी, ब्यवसायीक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, बन्यजन्तुको अवलोकन गर्न पाइने भएको छ ।

महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुद्वारा दोहोरी गीत प्रस्तुती, लम्जुङे ठाडो भाका भेडीखर्के साइलाको प्रस्तुती, नेपालका ख्यातिप्राप्त ब्याण्ड तथा कलाकारहरुको लाइभ प्रस्तुती साथमा लोकल ब्याण्डहरुको प्रस्तुती , हांस्यब्यङ्ग प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, वाल उद्यान, नेपाली संस्कृति झल्कने प्रस्तुती र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button