खुल्ला रक्तदानमा ४१ युनिट संकलन

पोखरा-

कृषि विकास बैंक कर्मचारी संघ नेपाल क्षेत्रीय समिति पोखराले शुक्रबार यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा ४१ युनिट संकलन भएकोे छ । सो बैंकको ५० औँ वार्षिकोत्सवको अवसरमा कर्मचारी संघले रक्तदान कार्यक्रम आयोजना गरेको हो । बैंकका पश्चिमाञ्चल क्षेत्रीय निर्देशक राजनप्रसाद श्रेष्ठले प्रथम रक्तदाता सुकृती तिमिल्सिनालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम शुभारम्भ गरेका थिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको थियो । पोखरामा रहेको रक्तअभाव न्यूनिकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । उक्त कार्यक्रमको अध्यक्षता समितिका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष टेकराज तिमिल्सिनाले गरेका थिए ।

कार्यक्रममा विशेष अतिथि यूनियनका केन्द्रीय सल्लाहकार महेश पौडेल, कार्यक्रमलाई आर्थिक सहयोग गर्ने अमित विल्डर्स, मना कन्ट्रक्सन, होटेल ऐन्जेल्स र कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय पोखरा परिवारको उपस्थिती रहेको थियो । कार्यक्रममा आर्थिक सहयोग गर्ने संघ संस्थाहरुलाई मायाको चिना प्रदान गरिएको थियो ।

कार्यक्रममा विशेष अतिथि कृषि विकास बैंक लिमिटेड बैंकिङ कार्यालय जोमसोमका प्रबन्धक एवं यूनियनका केन्द्रीय सल्लाहकार महेश पौडेललाई गणतन्त्र दिवस २०७३ को अवसरमा नेपाल सरकारबाट प्रवल जनसेवा श्री पदकबाट विभुषित भएकोमा सम्मानपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका क्षेत्रीय सचिव भेषराज घिमिरेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button